logo

चालु आवमा देसको जीडीपी पौने ५४ खर्ब पुग्ने अनुमान

    888   पटक पढिएको

२० बैशाख/अर्थ र व्यापार – चालू आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म नेपालको अर्थतन्त्र ५३ खर्ब ८१ अर्बको पुग्ने अनुमान गरिएको छ । केन्द्रिय तथ्यांक कार्यालयले मंगलबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

कार्यालयको प्रक्षेपण अनुसार चालू आवको अन्त्यसम्म देशको आर्थिक वृद्धिदर उपभोक्ता मुल्यमा १.८६ र आधारभुत मुल्यमा २.१६ रहने देखिन्छ । सरकारले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

चालू आर्थिक वर्षको छ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित यथार्थ आँकडा तथा एवं बाँकी अवधिको अनुमान गर्दा हालको अवस्था र विगतका प्रब्रितिगत अवस्थाका आधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरी बि.स २०७९/८०को प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा गत आर्थिक वर्ष २०७८/७९ को संशोधित अनुमान तथा २०७७/७८ को अन्तिम अनुमान प्रकाशन गरिएको छ ।
यस्तै, कार्यालयले कोरोनाको प्रभाव अहिले नरहेको बताएको छ । तथापी विश्वका अन्य देशहरूमा भएका घटनाले विश्वव्यापीरुपमा आपूर्ति श्रृंखला खलवलीएको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मुल्य बृद्धिको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताएको छ ।

यस्तो छ केही प्रमुख आर्थिक सूचकहरूको अवस्था
–कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा १.८६ प्रतिशत ।
–कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत ।
–चालु मूल्य अनुसार कुल उत्पादन आधारभूत मूल्यमा रु.८० खर्ब ९० अर्ब ६७ करोड ।
–चालू मूल्य अनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु. ३३ खर्ब ९४ अरब १७ करोड ।
–चालू मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा रु. ४६ खर्व ९६ अर्ब ४९ करोड ।
–चालू मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ५३ खर्व ८१ अरब ३४ करोड ।
–चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण रु. १३ खर्व ५६ अरब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत ।
–चालू मूल्यमा अन्तिम उपभोग खर्च रु. ५० खर्व ३६ अरब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९३.५९ प्रतिशत ।
–चालू मूल्यमा वस्तु तथा सेवा निर्यात रु. ३ खर्व ८५ अरब ११ करोड (कुल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत ।
–चाूु मूल्यमा वस्तु तथा सेवा अयात रु. १९ खर्व ६४ अरब ३३ करोड (कुल गार्हस्थ्य उत्पादनको ३६.५ % प्रतिशत ।
–चालू मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत ।
–विप्रेषण रु. १२ खर्व ३१ अरब ७३ करोड (कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत ।
–प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन रु १,८२,६८३ अर्थात १,३९९ यु.एस डलर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।