logo

चालु आवमा देसको जीडीपी पौने ५४ खर्ब पुग्ने अनुमान

    546   पटक पढिएको

२० बैशाख/अर्थ र व्यापार – चालू आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म नेपालको अर्थतन्त्र ५३ खर्ब ८१ अर्बको पुग्ने अनुमान गरिएको छ । केन्द्रिय तथ्यांक कार्यालयले मंगलबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

कार्यालयको प्रक्षेपण अनुसार चालू आवको अन्त्यसम्म देशको आर्थिक वृद्धिदर उपभोक्ता मुल्यमा १.८६ र आधारभुत मुल्यमा २.१६ रहने देखिन्छ । सरकारले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

चालू आर्थिक वर्षको छ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित यथार्थ आँकडा तथा एवं बाँकी अवधिको अनुमान गर्दा हालको अवस्था र विगतका प्रब्रितिगत अवस्थाका आधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरी बि.स २०७९/८०को प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा गत आर्थिक वर्ष २०७८/७९ को संशोधित अनुमान तथा २०७७/७८ को अन्तिम अनुमान प्रकाशन गरिएको छ ।
यस्तै, कार्यालयले कोरोनाको प्रभाव अहिले नरहेको बताएको छ । तथापी विश्वका अन्य देशहरूमा भएका घटनाले विश्वव्यापीरुपमा आपूर्ति श्रृंखला खलवलीएको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मुल्य बृद्धिको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताएको छ ।

यस्तो छ केही प्रमुख आर्थिक सूचकहरूको अवस्था
–कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा १.८६ प्रतिशत ।
–कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत ।
–चालु मूल्य अनुसार कुल उत्पादन आधारभूत मूल्यमा रु.८० खर्ब ९० अर्ब ६७ करोड ।
–चालू मूल्य अनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु. ३३ खर्ब ९४ अरब १७ करोड ।
–चालू मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा रु. ४६ खर्व ९६ अर्ब ४९ करोड ।
–चालू मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ५३ खर्व ८१ अरब ३४ करोड ।
–चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण रु. १३ खर्व ५६ अरब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत ।
–चालू मूल्यमा अन्तिम उपभोग खर्च रु. ५० खर्व ३६ अरब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९३.५९ प्रतिशत ।
–चालू मूल्यमा वस्तु तथा सेवा निर्यात रु. ३ खर्व ८५ अरब ११ करोड (कुल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत ।
–चाूु मूल्यमा वस्तु तथा सेवा अयात रु. १९ खर्व ६४ अरब ३३ करोड (कुल गार्हस्थ्य उत्पादनको ३६.५ % प्रतिशत ।
–चालू मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत ।
–विप्रेषण रु. १२ खर्व ३१ अरब ७३ करोड (कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत ।
–प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन रु १,८२,६८३ अर्थात १,३९९ यु.एस डलर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।