logo

मुलुकको व्यापार घाटा चुलिएर झन्डै ११ खर्ब पुग्यो

    389   पटक पढिएको


६ बैशाख/अर्थ र व्यापार – आयात नरोकिएकै कारण अहिले मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को वितेका ९ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक अनुसार मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ पुगेको देखिएको हो ।
चालु आवको वितेका ९ महिनाको अवधीमा कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो ।
व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको विभागले जनाएको छ । चालु आवको वितेका ९ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँ बराबरको कूल व्यापार भएको थियो ।
चालु आर्थिक वर्षको ९ महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधीमा आयातसँगै निर्यातमा कमी आएको छ ।
विभागका अनुसार यस अवधीमा आयातमा १८ र निर्यातमा २६ प्रतिशतले कमी आएको छ । वितेका ९ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
अघिल्लो आवको तुलनामा चालू आवको ९ महिनामा १८.८ प्रतिशतले आयातमा कमी आएको हो । अघिल्लो वर्षको सोही अबधिमा १४ खर्ब ६६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको आयात भएको थियो ।
यसैगरि, विभागले चालू आवको ९ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको जनाएको छ । विभागका अनुसार अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो । सरकारले देसको निर्यात बढाएर आयात नियन्त्रण गर्दै जाने नीति लिएको लामो समय भईसक्दापनि अझै अपेक्षाकृत रुपमा आयात नियन्त्रण नभएको विभागले स्वीकारेको छ ।
समिक्षा अवधीमा भन्सार राजस्व भने केही बढ्न थालेको देखिएको छ । जसकाकारण एक महिनामै ३३ अर्ब ३२ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । सरकारले विभिन्न वस्तुको आयातमा लगाएको आयात प्रतिबन्ध हटेपछि पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको हो ।
गत माघदेखि सरकारले विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध, एलसीको मार्जिन हटाएपछि पछिल्लो समय भन्सार राजस्वमा सुधार हुन थालेको हो ।
विभागका अनुसार गत फागुन महिनाको तुलनामा चैत महिनामा मात्र ३३ अर्ब ३२ करोड ९२ लाख २७ हजार रुपैयाँ बढी राजश्व संकलन भएको हो । गत फागुन महिनासम्म भन्सार विभागले २ खर्ब ४२ अर्ब ७२ करोड ४४ लाख ३२ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेकोमा चैत महिनामा २ खर्ब ७६ अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।
भन्सार विभागका सूचना अधिकारी पुन्यविक्रम खड्काले विगतका केही महिनाहरुको तुलनामा पछिल्लो समय देसको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ भएपनि भन्सार राजस्व संकलनमा भने केही सुधार हुन थालेको बताए । ‘हाल विभिन्न वस्तुको आयातमा लगाईएको प्रतिबन्ध हटेपछि त्यसको असर भन्सार राजस्वमा देखिन थालेको छ, विस्तारै राजस्व संकलन बढ्ने हाम्रो अनुमान छ’ खड्काले भने ।
विभागका अनुसार चालू आवको ९ महिनाको अबधिमा कुल १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत फागुन महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको थियो । अहिले आयातमा पनि अपेक्षाकृत रुपमा कमी नआएको देखिएको विभागले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।