logo

मुलुकको व्यापार घाटा चुलिएर झन्डै ११ खर्ब पुग्यो

    867   पटक पढिएको


६ बैशाख/अर्थ र व्यापार – आयात नरोकिएकै कारण अहिले मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को वितेका ९ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक अनुसार मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ पुगेको देखिएको हो ।
चालु आवको वितेका ९ महिनाको अवधीमा कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो ।
व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको विभागले जनाएको छ । चालु आवको वितेका ९ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँ बराबरको कूल व्यापार भएको थियो ।
चालु आर्थिक वर्षको ९ महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधीमा आयातसँगै निर्यातमा कमी आएको छ ।
विभागका अनुसार यस अवधीमा आयातमा १८ र निर्यातमा २६ प्रतिशतले कमी आएको छ । वितेका ९ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
अघिल्लो आवको तुलनामा चालू आवको ९ महिनामा १८.८ प्रतिशतले आयातमा कमी आएको हो । अघिल्लो वर्षको सोही अबधिमा १४ खर्ब ६६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको आयात भएको थियो ।
यसैगरि, विभागले चालू आवको ९ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको जनाएको छ । विभागका अनुसार अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो । सरकारले देसको निर्यात बढाएर आयात नियन्त्रण गर्दै जाने नीति लिएको लामो समय भईसक्दापनि अझै अपेक्षाकृत रुपमा आयात नियन्त्रण नभएको विभागले स्वीकारेको छ ।
समिक्षा अवधीमा भन्सार राजस्व भने केही बढ्न थालेको देखिएको छ । जसकाकारण एक महिनामै ३३ अर्ब ३२ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । सरकारले विभिन्न वस्तुको आयातमा लगाएको आयात प्रतिबन्ध हटेपछि पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको हो ।
गत माघदेखि सरकारले विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध, एलसीको मार्जिन हटाएपछि पछिल्लो समय भन्सार राजस्वमा सुधार हुन थालेको हो ।
विभागका अनुसार गत फागुन महिनाको तुलनामा चैत महिनामा मात्र ३३ अर्ब ३२ करोड ९२ लाख २७ हजार रुपैयाँ बढी राजश्व संकलन भएको हो । गत फागुन महिनासम्म भन्सार विभागले २ खर्ब ४२ अर्ब ७२ करोड ४४ लाख ३२ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेकोमा चैत महिनामा २ खर्ब ७६ अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।
भन्सार विभागका सूचना अधिकारी पुन्यविक्रम खड्काले विगतका केही महिनाहरुको तुलनामा पछिल्लो समय देसको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ भएपनि भन्सार राजस्व संकलनमा भने केही सुधार हुन थालेको बताए । ‘हाल विभिन्न वस्तुको आयातमा लगाईएको प्रतिबन्ध हटेपछि त्यसको असर भन्सार राजस्वमा देखिन थालेको छ, विस्तारै राजस्व संकलन बढ्ने हाम्रो अनुमान छ’ खड्काले भने ।
विभागका अनुसार चालू आवको ९ महिनाको अबधिमा कुल १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत फागुन महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको थियो । अहिले आयातमा पनि अपेक्षाकृत रुपमा कमी नआएको देखिएको विभागले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।