logo

८ वर्षपछि तातोपानी नाका पूर्णरुपले संचालनमा आयो, सोमबारबाट निकासी पनि खुल्यो

    567   पटक पढिएको


१८ बैशाख/अर्थ र व्यापार–  ८ वर्षपछि तातोपानी नाकाबाट निकासी सुरु भएको छ । सोमबार तातोपानी नाकाबाट तीन कन्टेनर सामान चीन निकासी भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले म्याट्रेस र बेत बाँसका कुर्सी निकासी भएको जानकारी दिए । उनका अनुसार निकासी भएको सामानको मूल्य २९ लाख रुपैयाँ बराबरको हो।
उनले मंगलबार हस्तकलाका सामान निकासीको तयारी रहेको बताए। भूकम्पपछि यो नाका पूर्ण रुपमा संचालनमा आउन सकेको थिएन।
२०७२ सालको बैशाखमा गएको विनासकारी भूकम्पपछि पहिरो र कोभिड १९ का कारण नाका पूर्ण रुपमा संचालनमा आउन नसकेको हो । यो नाकाबाट आयात भने भइरहेको थियो।
यो नाकाबाट दैनिक १० कन्टेनर सामान आयात भने भइरहेको छ । नाका खुलेपनि नेपाली चालक र सहचालक चीनतर्फ जान पाउँदैनन्। अहिले पनि चिनियाँ पक्षले सीमा क्षेत्रमा कन्टेनरमा सामान ल्याउने र त्यहीबाट नेपाली पक्षले अनलोड गरेर सामान ल्याउने गरेका छन्।
भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केसीले प्रक्रियागत समस्या समाधानका लागि चिनियाँ पक्षसँग छलफल भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।