आइतबार सेयर बजार साढे २८ अंकले बढेर २३१५ अंकमा पुगेको छ । दिनभरीमा २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युतबाहेक सबै उपसूचक बढेका छन् ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखी साधारण सेयर आईपीओ बिक्री खुला गरेको छ ।
माघ ११ देखि सेयर कारोबारपछिको राफसाफमा ‘टी प्लस टु’ लागू गरिने भएको छ । सिडिएस एण्ड क्लियरिङ कम्पनी र ब्रोकर कम्पनीहरुबीच आज भएको छलफलमा माघदेखि नै ‘टी प्लस टु’ लागू गर्ने सहमति भएको हो । हालसम्म सेयर कारोबारमा टी प्लस थ्री लागू हुँदै आएको छ ।
नेपालको सेयर बजार इतिहासमै सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर आजदेखीे खुलेको छ ।
बुधबार सेयर बजारको परिसूचक नेप्से १८.८१ अंकले बढेर हालसम्मकै उच्च २२८६.५४ अंकमा कायम भएको छ।
मंगलबार २८.३१ अंकको वृद्धिसहित सेयर बजार अहिलेसम्मकै उच्च बिन्दु २२६७.७३ बिन्दुमा पुगेको छ ।
धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुले अबदेखी संस्थागत सामाजिक उत्तरदायित्वका लागि रकम छुट्याउनुपर्ने भएको छ ।
सेयर बजारमा दिनहुँ नयाँ रेकर्ड बन्ने क्रम जारी रहँदा सोमबार ३.७ अंकले बढेर २२३९.४२ अंकको नयाँ रेकर्ड बनेको छ ।
आइतवार नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ विन्दुमा पुगेको छ ।
चन्द्रागिरी हिल्सको आईपीओ आज शुक्रवारदेखि सर्वसाधारणको लागि विक्रीे खुला भएको छ । कम्पनीले यसअघि स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ ।
साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सूचक १५.९१ अंकले बढेसँगै २१९४.४८ बिन्दुमा पुगेको छ ।
बुधबार सेयर बजार दोहोरो अंकले बृद्धी भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन घटेको बजार १३.०७ अंकले बढेर २१७८.५७ अंकमा पुगेको छ ।
मंगलबार सेयर बजारको परिसूचक नेप्से मंगलबार ३. ५४ अंकले घटेर २१६५.४९ अंकमा कायम भएको छ । कारोबार ४ अर्ब ५६ करोड रुपैयाँको भएको छ।
चन्द्रागिरि हिल्स लिमिटेडले पुस २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।
आइतबार सेयर बजारको परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । ८८ अंकले बढेको बजार २१७५ अंकमा कायम भएको छ ।
सोमबार सेयर बजारको परिसूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको छ ।
आइतबार सेयर बजार परिसूचक नेप्से ३९. ९ अंकले घटेर १९९८ बिन्दुमा बन्द भएको छ । यसअघि दैनिक ६ अर्बको हाराहारीमा कारोबार हुँदै आएकोमा आज ४ अर्ब ६२ करोडको बारोबार भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २९.८३ अंकले घटेर २०३८.६३ विन्दुमा बन्द भएको छ ।
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.०४ अंकले बढेर २०६८.४५ अंकमा पुगेको छ ।
मंगलबार सेयर बजारको परिसूचक नेप्से ९५.४६ अंकले बृद्धी भएको छ । वृद्धिपछि परिसूचक २०६१ अंकमा कायम भएको छ ।
सोमबार सेयर बजारको परिसूचक ३०. ३३ अंकले बढेसँगै १९६५. ९६ अंकमा कायम भएको छ । आईतवार नेप्से ९७ अंकले घटेको थियो ।
मंगलबार नेप्से ५ अंकले घटेर २०६१ अंकमा बन्द भएको छ । आज ६ अर्ब रुपैयाँको कारोबार भएको छ ।
सोमबार सेयर बजार परिसूचक ५६.७२ अंकले बढेपछि २०६७.१७ अंकको नयाँ रेकर्ड बनेको छ ।
प्रभु लाइफले आजबाट प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्यमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साभारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।
आईतबार सेयर बजार ४६.४३ अंकले बढेर २०१० अंकमा पुगेको छ । आइतबार क वर्गका कम्पनीको सूचक सेन्सिटिभ ८ अंकले बढेको छ । कारोबार रकममा पनि बृद्धी भएको छ । आज ४ अर्ब ९० करोड रुपैयाँको किनबेच भएको छ ।