४ असोज / अर्थ र व्यापार– सोमबारको सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक करिब साँढे २ घण्टामा १११.४६ अंकले घटेको छ ।
दिउँसो १ बजेर ३३ मिनेट जाँदा परिसूचक ३.९६ प्रतिशतले घटेर २७००.८० बिन्दुमा झरेको छ । यो अवधिमा २२३ वटा स्क्रिप्सको ५ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । त्यस्तै, यो समाचार तयार पार्दासम्म २ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी समूह १८३ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबारको दिन अहिलेसम्म घटेको सेयरको अवस्था यस्तो देखिएको नेप्से परिसूचकको तथ्यांकमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया