logo

बुद्धभूमिको ८ करोड रुपैयाँको आईपीओ भोलिबाट 

    1035   पटक पढिएको

१० असोज/ अर्थ र व्यापार – बुद्धभूमि नेपाल हाइड्रोपावरले भोली ११ असोज सोमबारदेखि ८ करोड रुपैयाँ बराबरको साधारण शेयर(आईपीओ)आईपीओ निष्काशन खुला गर्ने भएको छ । सो शेयरमा १४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । 
कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ८ करोड रुपैयाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । 
निष्काशन हुने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ । सर्वसाधारणका लागि खुला गरिएको बुद्धभूमिको ७ लाख ४४ हजार कित्ता शेयर ७४ हजार ४ सय जनाले मात्र १० कित्ताका दरले पाउने छन् । अहिले खुलेका आईपीओहरुमा २४ लाख बढीले आवेदन दिन थालेका छन् । त्यसकारण सो कम्पनीको आईपीओमा १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त छ ।  
यसअघि गत ३२ साउनदेखि १४ भदौसम्म कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्रीका लागि आवेदन खुला गरी बाँडफाँट समेत गरिसकेको छ ।  सो कम्पनीले ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।