logo

मध्य भोटेकोशीको आइपीओ खुल्यो, १० कित्ता आवेदन दिए हुने

    1032   पटक पढिएको

२० असोज /  अर्थ र व्यापार – मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि प्राथमिक सेयर(आइपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
जसमा ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयरख कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सेयर सामूहिक लगानी कोषलाई दिएर बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।
बुधबारदेखि खुलेको आइपीओ आगामी २५ असोजसम्म सर्वसाधारणले किन्नको लागि आवेदन दिन सक्ने छन् । यस कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधित्तम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । आवेदन मेरो सेयर तथा आस्वा प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्था तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलमा गएर सेयर किन्न आवेदन दिन सकिन्छ । 
ठूलो रकमको आइपीओ भएपनि आइपीओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण हेर्दामा यसमा न्यूनतम १० कित्ता मात्र आवेदन दिदा हुने देखिन्छ । धितोपत्र बोर्डले बनाएको मापदण्ड अनुसार न्यूनतम १० कित्ता सेयर दिनुपर्छ । आवेदकको संख्या बढी भएमा १० कित्ता सेयरको लागि गोलाप्रथाबाट गर्नुपर्ने हुन्छ । सर्वसाधारणलाई बिक्री गर्न लागिएको ८१ लाख ९० हजारको कित्ताको हिसाबले ८ लाख १९ हजारले मात्र १० कित्ता सेयर पाउने हुन्छ । आवेदकको संख्या २० लाखभन्दा बढी हुने हुँदा १० कित्ताभन्दा बढी आवेदन दिनु पर्दैन । छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।