६ असोज / अर्थ र व्यापार – बुधबार सुरु देखि नै उकालो लागेको नेप्से दिउँसो १ बजेर १८ मिनेट जाँदाको समयसम्म १०५ अंकले बढेर २ हजार ८ सय १७ विन्दुमा पुगेको छ । मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको छ । अघिल्ला चार कारोबार दिनमा करिब साढे २ सय अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकले बढेको हो ।
नेप्से बढेपनि कारोबार रकममा भने खासै सुधार आएको छैन । करिब सवा १ बजेसम्म ३ अर्ब ५१ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।
तपाईको प्रतिक्रिया