logo

तेह्रथुम पावरको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल 

छिट्टै किनबेच गर्न पाइने

    733   पटक पढिएको

४ असोज / अर्थ र व्यापार– तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा क्यापिटल र तेह्रथुम पावर कम्पनीबीच बिहीबारको द्विपक्षीय सम्झौता भएको हो । सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डांगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका हुन् ।
हालै आईपीओ जारी गरेको तेह्रथुम पावर कम्पनीको चुक्ता पुँजी ४० करोड रूपैयाँ पुगेको छ । जसमध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बाँकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण ‘आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत’ नेपाली नागरिकहरुबाट कम्पनीको पुँजी उठाईएको छ ।
यस कम्पनीले अब छिट्टै नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोबार हुने व्यवस्था मिलाईने जानकारी दिएको छ । यससँगै, लगानीकर्ताले संस्थाको सेयर किनबेच गर्न पाउने छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।