१० असोज /अर्थ र व्यापार – मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको एक महिनापछि सूचीकृत भएको छ । गत ७ भदौमा बाँडफाँड भएको कम्पनीको आईपीओ आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । संस्थाको कूल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृत भएसँगै सो सेयर सोमबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । यस संस्थाको पहिलो सेयर कारोबारका लागि नेप्सेले न्यूनतम १३२.६९ देखि अधिकतम ३९८.०७ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । यससँगै सो रेञ्ज भित्र रहेर कम्पनीको पहिलो सेयर कारोबार हुने छ । जसकालागि नेप्सेले यस संस्थाको स्टक सिम्बोल ‘एमएलबीएस’ तोकेको छ । यस कम्पनीले गत २७ देखि ३१ साउनसम्म कुल ३ करोड ९३ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो ।
तपाईको प्रतिक्रिया