३ कात्तिक/ अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर वृद्धिमा अघिल्लो महिनाभन्दा १० प्रतिशतभन्दा बढी बढाउन नपाउनेगरी मंगलबार साँझ परिपत्र गरेपछि भोलिपल्टको प्रि–ओपनिङ सेसनमा नै त्यसको सकारात्मक असर देखिएको छ ।
बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक ११.१० अंकले बढेर २५२२.२० विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.०६ अंकले बढेर ४७४.०२ विन्दुमा पुगेको छ । यस अवधिमा ६५ लाख २८ हजार ७७७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका २५ कम्पनीको मूल्य बढेको छ भने २ वटा कम्पनीको घटेको छ । २ वटा कम्पनीको मूल्य स्थीर रहेको छ । प्रि–ओपनिङ सेसनमा कुल २९ कम्पनीको शेयर कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया