५ असोज / अर्थ र व्यापार – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ८.४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ४ गने बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने र साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निफ्राले जनाएको छ । कम्पनीको हाल जारी चुक्ता पुँजी २० अर्ब रुपियाँको ८.५ प्रतिशत लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया