logo

एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले आफ्नो पदबाट दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको जनाएको छ । 

19-03-18

उद्योग वाणिज्य संघको अध्यक्षमा केदारनाथ शर्मा विजयी

फलेवास, पर्वत ।  पर्वत उद्योग वाणिज्य संघको आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा केदारनाथ शर्मा विजयी हुनुभएको छ । गए राति घोषणा भएको अन्तिम मतपरिणामअनुसार केदारनाथ शर्माले ८१५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४५७ मत प्राप्त गर्नुभएको छ ।

19-03-18

सिरहामा नासु जयराम चौधरी २० हजार घुस सहित पक्राउ

काठमाडौं । सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल नायब सुब्बा जयराम चौधरी २० हजार घुष रकम सहित पक्राउ परेका छन् । चौधरी सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका हुन् ।

18-03-18

सिभिल बैंकको ५८ औं शाखा दमकमा

सिभिल बैंक लिमिटेडले आफ्नो ५८ औं शाखा दमकको फर्निचर लाइनमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे । 

18-03-18

सेञ्चुरी बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र लाइफ इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।

18-03-18

एनसीसी बैंकमा सीआईबीको छापा, सञ्चालकसहित कर्मचारी पक्राउ

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार बैंकको सञ्चालक समिति बैठक चलिरहेका बेला सीआईबीले छापा मारी केन्द्रीय कार्यालय बागबजारबाट  हाल एनसीसीका सञ्चालक विष्णुृप्रसाद धिताललाइ नियन्त्रणमा लिएको हो ।

16-03-18

पोखरामा नबिल बैंकको तीन शाखा सञ्चालनमा

काठमाडौं । पोखरामा नबिल बैंकले तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ताल चोक, बगर र अमरसिंह चोकमा शाखा सञ्चालनमा ल्याएको हो ।

15-03-18

एनआईसी एशियाको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त भएका छन् । गत माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो ।

15-03-18

सेञ्चुरी कमर्शियल बैंकको सीईओमा तुलसीराम गौतम नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तुलसीराम गौतम नियुक्त भएका छन् ।  आउदो ०७५ बैंशाख १९ गतेदेखि उनले बैंकको कमाण्ड सम्हाल्ने छन् ।

15-03-18

जनसवाल पब्लिकेशन र एनएजीसिद्धारा पत्रकार किरणबाबु मरहठ्ठालाई एक लाख नगदसहित सम्मान 

काठमाडौँ। जनसवाल पब्लिकेशन प्रा.लि र नेपाल विश्व सहयोग संघ (एनएजीसि)ले एनएजीसि पत्रकारिता पुरस्कार–२०१७ प्रदान गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार किरणबाबु मरहठ्ठालाई एक लाख नगदसहित सम्मान प्रदान गरिएको हो ।

14-03-18

बिहीबारदेखि  पुराना सवारी गुडाए जफत गरीने

काठमाडौं । बिहीबार देखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई सडकमा गुड्न नदिइने भएको छ । इलेक्ट्रिक र ग्यास टेम्पोरमाइक्रोको हकमा भने यो प्रतिबन्ध लागू हुनेछैन । यातायात व्यवस्था विभागले देशैभर यो नियम नमाने पुराना सवारी जफत गरिने बताएको छ । 

13-03-18

महिला उद्यमी व्यापार मेला चैत ८मा

काठमाडौं। तेस्रो अन्तर्रा्ष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत ८ देखि १२ गतेसम्म ललितपुरमा आयोजना हुँदैछ ।

13-03-18

सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ ।

12-03-18

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी

रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी भएका छन् । कार्यसमिति सदस्य बाहेक अन्य सबै पदमा कुलप्रसाद प्यानलले विजय प्राप्त गरेको हो । न्यौपानेले ८६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा.शान्तकुमार शर्माले ६७३ मत प्राप्त गरे ।

11-03-18

स्पर्स लघुवित्तको स्वतन्त्र संचालकमा मेघराज गजुरेल नियुक्त

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा मेघराज गजुरेल नियुक्त भएका छन् । संस्थाको ३१औँ संचालक समितिको बैठकले गजुरेललाई संस्थाको स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो ।

09-03-18

रिलाइन्स लाइफ इन्स्योरेन्सको ललितपुरमा शाखा विस्तार

रिलाइन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रबारबाट ललितपुरको लगनखेलमा पनि शाखा विस्तार गरेको छ । कम्पनीले ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषको भवनमा  नयाँ शाखा विस्तार गरेको हो ।  

09-03-18

२७ बैंकले एनआईसी एसियासँगको कारोबार रोके

काठमाडौं । २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् ।

09-03-18

सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

07-03-18

माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय काठमाडौमा स्थानान्तरण

काठमाडौं– माछापुच्छ्रे बैंकको गत साउन २२ गते सम्पन्न विशेष साधारण सभाको निर्णयअनुसार बैंकले आफ्नो केन्द्रीय कार्यालय गण्डकी कास्कीको लेखनाथबाट  काठमाडौको लाजिम्पाटमा स्थानान्तरण गरेको छ ।

06-03-18

ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं–ग्लोबल आइएमई बैंकले  आइतबार सिराहा जिल्लाको अर्नमा गाँउपालिका वडा नं. १, महानौरमा आफ्नो ७५औँ,  धनुषा जिल्लाको पिपरा गाँउपालिका वडा नं. ६, रतौली बजारमा ७६औँ र सोही जिल्लाकै नगर्राइन गाँउपालिका वडा नं. ३, फुलगामामा ७७औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । 

05-03-18

मुक्तिनाथ विकास बैंकको ललितपुरको लगनखेलमा नयाँ शाखा सञ्चालन

काठमाडौं–मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ललितपुर लगनखेलमा सञ्चालनमा ल्याइएको छ ।  नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकालले सो शाखाको समुद्घाटन गरेका हुन् । 

05-03-18

जनता बैंक र सिद्धार्थ इन्स्युरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता

काठमाडौं– जनता बैक नेपाल लिमिटेड र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडबिच हालै बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

05-03-18

पेट्रोलको मूल्य रु एक घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ ।  स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।

04-03-18

ग्लोबल आइएमई बैंकको मोरङ्ग र सप्तरीमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोरङ्ग र सप्तरी जिल्लामा थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको कुशल चोकमा ७३औँ शाखा र सप्तरीको कठौना बजारमा ७४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

04-03-18

सानिमा बैंकद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख सहयोग

सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढीपीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ मा उक्त बस्ती एक समारोहकाबीच हस्तान्तरण गरिएको थियो ।

04-03-18

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन ।

कानुनी लडाइँपछि चौधरी ग्रुपले पायो हिरोको आधिकारीक बिक्रेता

एकवर्षको कानुनी लडाइँपछि हिरो मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेताको काम ज्योति समुहबाट चौधरी समुहले पाएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.