काठमाडौं । नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गरेको छ । बैंकले सोमबार विरेन्द्रनगर, टिकापुर, तालचोक बगर, पोखराको अमरसिंहचोक, दाङको लमहि,महोत्तरीको महोत्तरी, चिटवनको टाँडी, सिराहाको लाहान, सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।
काठमाडौं– विश्व अपाङ्गता दिवसको अवसर एभरेष्ट बैङ्कले अशक्त बालबालिकालाई सहयोग गरेको छ ।
नुवाकोट । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आवास पुनःनिर्माणलाई तीव्र बनाउन प्रत्येक वडामा इञ्जियिनर पठाउन लागेको जानकारी दिएका छन् ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्डबाट ५ जना पत्रकारले प्राप्त गरेका छन् । सेजनको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सो अवार्ड प्रदान गरेका हुन् ।
ग्लोबल आईएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ ।
काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई प्रबन्ध निर्देषकमा नियुक्त गरेको हो ।
काठमाडौं । ११ वर्षअघि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा कोकाकोलाको प्लान्टबाट ’किन्ले’ पानी उत्पादन सुरु भयो । उत्पादन सुरु भएको केही समयमै पानीको बोटलमा फङ्गस (ढुसी) भेटियो।
लमजुङ । भूकम्प गएको ३२ महिनापछि लमजुङमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको स्थापना भएको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नियुक्त भएका छन् ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा नारायणकुमार भट्टराईलाई नियुक्त गरेको छ । कम्पनीको १४२औं सञ्चालक समिति बैठकले चार बर्षका लागि भट्टराईलाई नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।
सरकारले साढे चार करोड रुपैयाँको लागतमा खाद्यान्न परीक्षण गर्न अत्याधुनिक उपकरणसहितको प्रयोगशाला स्थापना गर्ने भएको छ । भारत सरकारको ४ करोड ४२ हजार रुपैयाँको सहयोगमा प्रयोगशाला स्थापना गर्न लागिएको हो ।
चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले बढी पैसा लिएर तरकारी बिक्री गर्ने चार जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।
चितवन र नवलपरासीमा धेरै आयकर तिर्ने दुईवटा फर्म सम्मानित भएका छन् । छैठौ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरले दुई बढी कर तिर्ने दुईवटा फर्मलाई सम्मान गरेको हो।
काठमाण्डौ । मंसिर १ गतेदेखि सुरु भएको १५ औं हस्तकला व्यापार मेला मंगलबार सकिएको छ । मेलामा ८ करोड ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल हस्तकला व्यापार मेला समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिनुभयो ।
काठमाडौँ। नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं– नेपालका लागि मोरक्कोको वाणिज्य दूतावासले त्याहाँका अन्तर्रा्ष्ट्रिय ख्याति प्राप्त विश्व किर्तिमानधारी स्काइडाइभर तथा स्काई डाइभिङ्ग प्रशिक्षक अनस बक्कालीलाई विशेष सम्मान गरेको छ ।
काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रले आगामी तीन बर्षभित्रै काठमाडौं उपत्यकामा विद्युतिय सवारी साधन मात्रै गुड्न पाउने व्यवस्था गर्ने घोषणा गरेका छन् ।
नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने बढाएको इन्धनको मूल्य वृद्धि फिर्ता गरेको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले मूल्यवृद्धि फिर्ता लिएको जानकारी दिए ।
आयल निगमका विवादित प्रबन्ध निर्देशक गोपाल खड्कालाई मन्त्रालय झिकाएपछि निगमको कायममुकायम प्रबन्ध निर्देशकमा सुशील भट्टराईलाई जिम्मेवारी दिइएको सचिव देवकोटाले जानकारी दिए ।
काठमाडौं – पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् ।
काठमाडौं । वाणिज्य विभागले वैशाख ०७० मा सुनचाँदीको बजार अनुगमन तीव्र बनायो । व्यापक ठगी भएको गुनासोपछि सरकारी अनुगमन सतहमा देखिएको थियो ।
रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आआफ्नो बार्षिक साधारणसभा डाकेका छन् । कम्पनीले छ प्रतिशत बोनस शेयर दिन प्रस्ताव पारित गरेसँगै जारी
नेसनल हाइड्रोपावर लिमिटेडको निरन्तर घाटामा गएपछि यसको संचित नोक्सान बढेको छ । गत आर्थिक वर्षमा मात्र संचित नोक्सान ६ करोड १२ लाख