logo

घलेम्दीखोला जलविद्युत आयोजनाको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर  सर्वसाधारणका लागि बिक्रीमा

    1254   पटक पढिएको

१९ पुस/ अर्थ र व्यापार - घलेम्दीखोला जलविद्युत आयोजना(GHL) को आजदेखि (पुस १९ गते) एक सय रुपैयाँ अंकित दरमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर (आईपिओ) सर्वसाधारणमा बिक्रीमा आएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।

जसमध्ये सामूहिक लगानी कोषका इकाईलाई ५५ हजार कित्ता तथा कर्मचारीलाई २२ हजार कित्ता छुट्टाइएको थियो । सामूहिक लगानी कोषको तर्फबाट कुनै आवेदन नहुँदा सो शेयर सहित गरि १५ लाख ३३ हजार ७७० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । आईपिओमा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । यसका अलवा मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट अनलाईन आवेदन गर्न सक्नेछन् ।

कम्पनीको आईपिओमा न्यूनतम पाँच हजार रुपैयाँ (५० कित्ता) देखि दश लाख रुपैयाँसम्म (१० हजार कित्ता) आवेदन गर्न पाउने व्यवस्था रहेको छ । कम्पनीको आईपिओ निष्काशन छिटोमा पुस २३ गते र ढिलोमा माघ १८ गते बन्द हुने बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ ।

मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्दा ४ लाख ५५ हजार ७७० कित्ता अपवतरित भएको थियो । सो शेयर सहित सर्वसाधारण तर्फको ११ लाख गरि कूल १५ लाख ५५ हजार ७७० कित्ता अहिले निष्काशन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।