logo

निर्माणाधीन कालंगा गाड जलविद्युत आयोजनाको काम अनिश्चित कालका लागि बन्द 

    1556   पटक पढिएको

६ माघ /अर्थ र व्यापार– निजी क्षेत्रको लगानीमा निर्माणाधीन सुदूरपश्चिम प्रदेशको बझाङको बुंगल नगरपालिकाको कालंगा गाड जलविद्युत आयोजनाको काम अनिश्चित कालका लागि बन्द भएको छ । बुंगल नगरपालिका वडा नम्बर–२ गिरौका स्थानीय बासिन्दाहरुले जलविद्युत आयोजनाको काममा अवरोध गरेपछि कालंगा गाड जलविद्युत आयोजनाको काम रोकिएको हो । 

जलविद्युत आयोजनाको टनेल निर्माणका क्रममा गाउँका सबै खानेपानीका मुहानहरु र सिँचाई गर्ने मुहानहरु सुकेपछि यहाँका स्थानीय बासिन्दाहरुले जलविद्युत आयोजनाको काममा अवरोध गरेकोे  स्थानीय बासिन्दा हिक्मत धामीले बताए । गाउँमा रहेका खानेपानीका मुहानहरु र पानीका कुवा सुक्नुका साथै खेतीयोग्य जमिनमा लाग्ने पानीका सबै मुहानहरु सुकेपछि आफूहरुले खानेपानीको र सिँचाई कुलोको व्यवस्था गरिदिनुपर्ने मागसहित आन्दोलन गर्नुपरेको धामीले बताए । झण्डै ६० परिवारको खेतीयोग्य जमिनमा सिँचाई गर्ने पानीको मुहान नै सुकेपछि हाल ती जमिन बाँझै रहेको धामीले बताए । 

आयोजनाले सिँचाई र खानेपानीको व्यवस्था गर्नुपर्ने, स्थानीयलाई पूर्वशर्तअनुसार शेयर सुविधा दिनुपर्ने, वातावरणीय प्रदूषण कम गर्ने उपाय अवलम्बन गनुपर्ने, प्रभावित जग्गा धनीलाई मागअनुसार मुआब्जा दिनु पर्ने लगायतका विभिन्न माग राख्दै आफूहरुले आन्दोलन गर्दै आएको संयोजक धामीले बताए । 

आयोजनाका सञ्चालक खगेश्वर बोहराले भने प्रभावित जग्गा धनीलाई सरकारी मूल्य अनुसार मात्र मुआब्जा दिने अधिकार आफूहरुलाई भएको बताए । मन्त्रीपरिषद्बाट निर्णय गराएर मात्रै मुआब्जा व्यवस्था गर्न सकिने उनको भनाइ छ  । सिँचाईँ, खानेपानी र शेयर दिने कुरामा आफूहरु सकारात्मक रहेको उनले बताए  । खानेपानीको व्यवस्था एक वर्ष अघि नै ७० लाख खर्च गरेर ७ किमि टाढा बाट खानेपानीको ब्यावस्था गरिसकेको र सिँचाईको पनि व्यवस्था गर्ने कुरामा आफूहरु तयार रहेको कालंगा हाइड्रो प्रालिका संस्थापक विरेन्द्र मल्लले बताए । 

हाल आयोजनाको झण्डै ४५ प्रतिशत काम सकिएको सञ्चालक खगेश्वर बोहरा  बताए । कालंगा हाइड्रोपावरमा माछापुच्छ्रे बैंक, एनएमबी विकास बैंक, सिभिल बैंक र व्यक्तिगत गरी एक हजार तीन सय करोड रुपैयाँ लगानी रहेको छ । काम पूरा भएपछि यहाँबाट उत्पादित बिजुली दार्चुलाको चमेलिया विद्युत प्रसारण लाइनमा जोडिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।