logo

माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम तिब्र गतिमा, ८० काम प्रतिशत सम्पन्न

    872   पटक पढिएको

८माघ /अर्थ र व्यापार -  खोटाङको केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

सुङ्देलको दाम्कुबेँसीमा पानी खसालेर उत्पादन गरिने विद्युत् आयोजनाको पावरहाउस, हेडड्रेस, पाइपलाइनलगायत ठूला काम अन्तिम चरणमा पुगेको रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले जानकारी दिए । करीब दुई हजार १०० मिटर माथिबाट पानी झारेर विद्युत् उत्पादन गरिने उक्त विद्युत् आयोजनामा अहिले एक हजार मिटरभन्दा बढी पाइपलाइन बिच्छ्याउने काम सम्पन्न भएको छ । दाम्कुबेँसीमा रहेको विद्युतगृहको काम भने अन्तिम चरणमा पुगेको सञ्चालक तिम्सिनाको भनाइ छ ।

आयोजनाको विद्युतगृह, हेड, पाइपलाइन, एङ्कर ब्लकलगायत सिभिल कन्स्ट्रक्सनको काम ट्रिपल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, जेनेरेटर, टर्बाइन, ट्रान्सफरमर, प्यानल उपकरण जडानलगायत इलेक्ट्रोनिक मेकानिकलको काम सिमर इनर्जी र इञ्जिनीयरिङको काम युनिट्स इञ्जिनियरिङ कन्सल्टेन्सीले जिम्मा लिएका छन् । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको बाक्सिलास्थित सबस्टेशनमा जडान गरिने विद्युत्को अहिले हेडमा सेटलिङको काम तीव्र गतिमा भइरहेको छ ।

माथिल्लो रावाखोलाकै पानी प्रयोग गरेर हौंचुर र जालपाकोबीचबाट पनि ६.५ मेगावाटको रावाखोला हाइड्रोपावर उत्पादन गर्ने गरी काम अगाडि बढाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा सानाठूला गरी दर्जन बढी विद्युत् आयोजना सञ्चालनमा रहेका छन् । विसं २०५७ जेठ २ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारणलाइनको विद्युत् हालसम्म जिल्लाको साविक ४४ गाविसमा मात्र विस्तार भएको छ ।

दुई नगर र आठ गाउँपालिका रहेको खोटाङमा अहिलेसम्म १२ हजार ३२४ घर विद्युत् उपभोक्ता रहेका छन् । तीन वर्षअघिबाट ३३ केभी क्षमतामा विस्तार गरिएको विद्युत् पछिल्लो समय अवरुद्ध हुनेक्रम हट्दै गएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।