१० माघ /अर्थ र व्यापार - कास्की जिल्लामा १३ मेगावाट क्षमताको मदक्यू खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेका सिक्लेस हाइड्रो पावर कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई सेयर विक्री प्रक्रिया अगाडि बढाएको जनाएको छ । कम्पनीले आयोजना प्रभावितलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ ।
आयोजनाले २०७४ गत चैतदेखि विद्युत् उत्पादन गरिरहेको छ । सेयर बिक्रीका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
तपाईको प्रतिक्रिया