logo

शिवश्री हाइड्रोपावर कम्पनीद्वारा प्रभावित क्षेत्रका लागि पुस २७ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने

    3203   पटक पढिएको

१९ पुस/ अर्थ र व्यापार - शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि पुस २७ गतेदेखि १४ लाख ७६ हजार ४०० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका प्रभावित बासिन्दाको लागि प्रति शेयर १०० रुपैयाँको दरमा १४ करोड ७६ लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले ३६ लाख ९१ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएको छ । प्रभावित क्षेत्रका लागि निष्कासन गरे पश्चात २२ लाख १४ हजार कित्ता ६०० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि निष्कासन गर्ने जनाएको छ । आइपिओ निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ’इक्रा एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । इक्रा नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय विवरण औसत किसिमको रहेको हुँदा औसत जोखिमको संकेत गर्दछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु ए जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएकोले अन्तिम चरणको निर्माण कार्य भैरहेको कम्पनीले जनाएको छ ।

आयोजना निर्माणको लागि सुरुवातमा तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा भुकम्प र जुरेपहिरोको कारणले आयोजना निर्माण कार्य ढिला हुँदा ४ अर्ब तीन करोड रुपैयाँ पुगेको छ । प्रतिमेगावाट लागत १३ करोड ६० लाख रुपैयाँबाट बढेर १८ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ८ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ ।

कम्पनीले आयोजना निर्माणको लागि ऋणबाट ६४ प्रतिशत र शेयर पूँजीबाट ३६ प्रतिशत संकलन गर्नेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दाले सिन्धुपाल्चोक जिल्लामा रहेका बैंकहरु सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र शिव श्री हाइड्रोपावरको कार्यालय भोटेकोशी र अनामनगरबाट दिन सक्ने छन् । यसका साथै सिद्धार्थ क्यापिटल नक्सालबाट पनि माघ ११ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।


 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।