logo

चौधरी समूहको लगानी रहेको मध्यमोदी जलविद्युत् आयोजनामा लफडा, शनिबारदेखि कामकाज ठप्प 

    1057   पटक पढिएको

१४ माघ /अर्थ र व्यापार - चौधरी समूहले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । नेपालका अर्बपति विनोद चौधरीको लगानी रहेको जलविद्युत् आयोजनामा फेरी लफडा सुरु भएको छ । स्थानीयबासीले आफूहरुले उठाएको माग पूरा गर्न आग्रह गर्दै आएका छन् ।

आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका–२ का बासिन्दाले अनिश्चितकालका लागि कामकाज बन्द गराएका हुन् । मोदी गाउँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भइरहेका छन् । आयोजनाले पटकपटक सम्झौता गर्ने तर पीडितको मागको सम्बोधन नगरेका कारण प्रितिरोधमा उत्रनु परेको सङ्घर्ष समितिका संयोजक सुजन पोख्रेलले बताए ।

आयोजनाको सुरुङ निर्माणका क्रममा भएको बम विष्फोटका कारण घर भत्केको स्थानीयवासीले बताए । विष्फोटनका कारण स्थानीय रामकुमारी पोख्रेल, मेघराज ढुङ्गाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मीनकुमारी खत्री, माया खत्री, सावित्री पोख्रेल, रामबहादुर खत्रीको घरमा क्षति पुगेको बताइएको छ ।

आयोजनाका कारण ४९ घरमा असर परेको र एक घर पूर्णरुपमा भत्किसकेकाले आयोजनाले नयाँ र सुरक्षित घर बनाइदिनुपर्ने अडानमा स्थानीयवासी छन् । आयोजनाले भने भूकम्प र परकम्पका कारण कमजोर घर अहिले क्षति भएका कारण मागअनुसार क्षतिपूर्ति दिन नसक्ने जिकिर गर्दै आएको छ ।

घर भत्कनुको मुख्य कारण विगतको भूकम्प र त्यसपछिको परकम्प भएको र आयोजनाका कारण केही घरमा मात्र असर परेको प्रतिवेदन दिएका कारण सोहीअनुसार कार्यान्वयन गर्न आफूहरू तयार रहेको आयोजनाका प्रमुख निरञ्जन राउतले बताए ।
भूगर्भविद्ले १२ घरमा बढी क्षति भएको, ९ घरमा सामान्य क्षति भएको तथा सामान्य प्रभावित हुन सक्ने ७ घरमात्रै देखाएको छ ।

 
 
 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।