logo

दुधौली नगरपालिकाद्वारा ग्रामीण विद्युतीकरणका लागि १ अर्ब रुपैयाँ लगानी गर्ने

    1041   पटक पढिएको

८माघ/ अर्थ र व्यापार - सिन्धुलीको दुधौली नगरपालिकाले ग्रामीण विद्युतीकरणका लागि १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । पछिल्लो समयमा स्थानीय सरकारहरु नै जलविद्युत् आयोजनामा लगानी गर्न आर्कषित भएका छन् । नगरपालिकाले स्थानीय अरुण ठाकुर खोलामा निर्माण हुने करिब ५ मेगावाट क्षमताको आयोजनामा लगानी गर्ने तयारी गरेको हो । आर्थिक वर्ष २०७६र६८ देखि जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने तयारी गरिएको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए ।

नगर प्रमुख राउतले हाल प्राविधिक तयारीको काम भइरहेको बताए । सबै काम सकाएर आगामी आवदेखि जलविद्युत् निर्माणमा लाग्ने नगरपालिकाको भनाइ छ । सो जलविद्युत् आयोजना स्थानीय शनिटार भन्न्े स्थानमा बाँध बाधिनेछ । यस्तै सो आयोजनाबाट ८ हजार घरमा विद्युत् सेवा उपलब्ध गराइनेछ । उत्पादित विद्युत् नगरपालिका भित्रै विस्तार गर्ने योजना बनाइएको छ ।

नगरपालिकामा कूल १४ वडा रहेकोमा हालसम्म १२, १३, १४ मा विद्युत् पुग्न सकेको छैन । यस्तै वडा नं १ र २ को पनि सबै वडामा विद्युतीकरण हुन सकेको छैन । आयोजनाको सम्भाव्यता अध्ययनको काम सकिएको छ । सबै प्रक्रिया मिलाएर नगरपालिकाले नै एक जलविद्युत् कम्पनी स्थापना गर्ने तयारी गरेको छ । सो नदीमा ५ मेगावाट क्षमताको आयोजना निर्माण गर्न सकिने सम्भाव्यता अध्ययनबाट देखिएको छ ।

आयोजनामा स्थानीय नगरपालिकाबासीलाई समेत लगानीका लागि आग्रह गरिनेछ । सार्वजनिक निजी साझेदारी मोडलबाट जलविद्युत् आयोजना निर्माण गर्ने तयारीमा नगरपालिका लागेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।