logo

स्थानीय र आयोजनाबीच तीन बुँदे सहमति पछि दुधकोशी जलविद्युत आयोजनाको काममा गरेको अवरोध हट्यो

    2059   पटक पढिएको

८माघ /अर्थ र व्यापार   - हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दुधकोशी जलविद्युत आयोजनाको काममा गरेको अवरोध हटाएका छन् । धितुङका स्थानीय र दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबीच सोमबार तीन बुँदे सहमति भएपछि दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काममा स्थानीयको अवरोध हटेको हो । 

द्वीपक्षीय छलफलमा दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका क्रममा धितुङमा पावरहाउस निर्माण गर्नुपर्ने अवस्थामा सामाजिक उत्तरदायित्वका सम्पूर्ण काम यही ठाउँका स्थानीयलाई दिएर आयोजना सञ्चालन गर्ने, कोर ड्रिलिङको कामलाई आजैका मितिबाट सुचारु गराउने, परीक्षण सुरुङमार्ग निर्माणकाक्रममा धितुङतर्फ मोटरबाटो निर्माण गर्न आयोजना तथा वडा कार्यालयसँग समन्वय गर्ने, तत्काललाई टेष्ट अडिट खन्ने काम सुरु गर्न दिनेलगायतका सहमति भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए । 

स्थानीयसँग समन्वय नगरी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमामा पर्ने ३ सय मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउस र सुरुङ निर्माणका लागि भौगर्भिक अध्ययनको काम सुरु गरिएको भन्दै स्थानीयले पुस २० गतेदेखि आयोजनाको काम ठप्प बनाएका थिए । 

दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना प्रमुख बसन्तध्वज श्रेष्ठ, आयोजना प्रशासन अधिकृत सीताराम तरबाडे, दुधकोसी रँभुवा–धितुङ रातेखोला सरोकार तथा संघर्ष समितिकातर्फबाट संयोजक निरकुमार राई र सचिव रमेश राईबीचमा आयोजनाको काम अघि बढाउनका लागि लिखित सहमति भएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।