logo

नेशनल हाइड्रोद्वारा १ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन

    1202   पटक पढिएको

२१ माघ /अर्थ र व्यापार - विवादमा रहेको जलविद्युत कम्पनी नेशनल हाइड्रोले चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि सुरु गरेको खुद नाफा कमाउने क्रमलाई यस पटक निरन्तरता दिएको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो आम्दानी कम्पनीको दोस्रो त्रैमासको मात्र हो । उक्त खुद नाफालाई कम्पनीले ऋणत्मक जगेडामा समायोजन गरी घटाएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ७ लाख २८ हजार रुपैंया खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको पुस मसान्तमा कम्पनी ९७ लाख २१ हजार रुपैयाँ नोक्सानीमा थियो । कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट ५ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा १४ लाख भन्दा बढीले विद्युत बिक्रीवाट हुने आम्दानी घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत बिक्रीबाट कम्पनीले ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

१ वर्षको समीक्षा अवधिमा कम्पनीको प्रत्यक्ष खर्चको आकार बढेको छ भने प्रशासनिक खर्चको आकार घटेको छ । गत आर्थिक वर्षमा ट्याक्स पेड अगेन्स डिमाण्ड शिर्षकमा २ करोड ५८ लाख ५५ हजार रुपैंया खर्चिएका कारण नोक्सानमा रहेको कम्पनीले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा त्यस्तो शिर्षकको खर्च देखाएको छैन । जसका कारण कम्पनी नाफामा गएको देखिएको हो । १ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४१ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोष ४२ करोड ८९ लाख रुपैंयाले ऋणत्मक थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफालाई समायोजन गरेर कम्पनीले जगेडा कोषको ऋणत्मक आकारलाई घटाएको हो । यहि गतिमा कम्पनी अघि बढेको अवस्थामा पनि जगेडा कोष धनात्मक हुनका लागि दशकभन्दा बढी समय लाग्ने देखिन्छ । वित्तीय विबरणमा कम्पनीले प्रति शेयर आम्दानी ४ रुपैयाँ ०४ पैसा, प्रति शेयर नेटवर्थ ७० रुपैयाँ ०६ पैसा र मुल्य आम्दानी अनुपात १७.५६ गुणा बढी रहेको देखाएको छ । तर वित्तीय विबरणमा उल्लेख भएको कुन रकमका आधारमा प्रतिशेयर आम्दानी गणना भएको भन्ने प्रष्ट नभएकाले लगानीकर्ता अन्यौलमा परेका छन् ।

प्रत्यक्ष नियमनकारी निकाय नभएको अवस्थामा कम्पनीले निष्काशन गरेको वित्तीय विबरणमा पनि एकरुपता छैन । जसका कारण कतिपय सूचकहरु फरक फरक शैलीमा पस्किँदा ती सूचकलाई आधार मान्ने अवस्था पनि देखिन्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।