१५ फागुन/ अर्थ र व्यापार - रिलायन्स लाइफ इन्स्योरेन्सले व्यवसाय विस्तार गर्दै जाने क्रमममा हालै इटहरी, विराटनगर, धरान, दमक इलाम, र बिर्तामोड गरी ६ वटा शाखाहरुको उद्घाटन सम्पन्न गरेको छ ।
कम्पनीका सञ्चालक भरत कुमार तोदीका साथमा इटहरी शाखाको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीस विराटनगर शाखाको प्रदेश नं १ का सांसद माननीय अमन लाल मोदी र धरान शाखाको प्रदेश नं १ का उपसभामुख श्रीमती सरस्वती पोखरेलले उद्घाटन गरेका थिए ।
समुद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत श्री निराजन कँडेल उपस्थित थिए । त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कँडेलका साथमा दमक शाखाको दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले गरेका हुन् ।
साथै कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कँडेलका साथमा इलाम शाखाको इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र बिर्तामोड शाखाको बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले गरेका थिए ।
तपाईको प्रतिक्रिया