२८ माघ /अर्थ र व्यापार - युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १.०६ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा हाइड्रोले ५ करोड ४९ लाख खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा हाइड्रोको आम्दानीको मुख्य स्रोत विद्युत बिक्री बढ्न नसक्दा खुद नाफा सामान्य मात्र बढेको छ । चालू आवको ६ महिना अवधिमा कम्पनीले १६ करोड ८३ लाख ४५ हजार आम्दानी गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा २ लाख ७८ हजार मात्र धेरै हो । कम्पनीले ३३ लाख २२ हजार अन्य आम्दानी गर्दा एक करोड ३ लाख कर्मचारी खर्च, अन्य सञ्चालन एक करोड ८४ लाख, फाइनान्सियल कस्ट ४ करोड ३३ लाख तथा ह्रासकट्टी ३ करोड ७१ लाख खर्च गर्दा ५ करोड ५५ लाख नाफा आर्जन गरेको हो ।
यस अवधिमा हाइड्रोको अन्य स्रोत मार्फतको आम्दानी ६०.७६ प्रतिशतले घटेर ८४ लाख ६६ हजारबाट ३३ लाख २२ हजारमा झरेको छ । एक अर्ब १५ करोड चुक्ता पूँजी रहेको हाइड्रोको जगेडा कोषमा ६ करोड ९२ लाख रुपैयाँ सञ्चित गरेको छ । गत आवको यसै अवधिमा कम्पनीको जगेडा कोषमा ५ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
हाइड्रोको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २ पैसा रहेको
तपाईको प्रतिक्रिया