२ फागुन /अर्थ र व्यापार - युनियन हाइड्रो पावर कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । यही फागुनको दोस्रो सातामा शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
बिक्री गर्न लागिएको मध्ये २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बराबरको २९ लाख १२ हजार ५ सय ५० कित्ता सर्वसाधारणको लागि बिक्री गरिनेछ । यस्तै बाँकी रहेको ६ करोड २१ लाख बराबरको ६ लाख २१ हजार ७ सय ९० कित्ता सेयर भने स्थानीयले नकिनेका कारण सो समेत बिक्री गरिनेछ । कम्पनीले लमजुङमा ३.३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये आवेदन भरेका २ लाख ४७ हजार २ सय १० कित्ता सेयर स्थानीयमा बाँडफाँड भइसकेको छ । सो कम्पनीको साधारण सेयर लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
तपाईको प्रतिक्रिया