२२ माघ /अर्थ र व्यापार - दुई वर्षपछि सरकारले चैतमा पुनः लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । २०७३ सालमा भएको लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँ लगानी गर्ने आशय लगानीकर्ता गरे । २०७३ सालमा केपी शर्मा ओलीको सरकारले नै लगानी सम्मेलनको घोषणा गरेको थियो । त्यसलाई प्रचण्ड सरकारले कार्यान्वयन गर्दै लगानी सम्मेलन गरेको थियो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले ४ खर्ब रुपैयाँको लगानी भित्रने प्रक्रिया सुरु भएको जानकारी दिए । बोर्डका अनुसार जलविद्युत् क्षेत्रमा यस्तो खालको लगानीको प्रक्रिया अगाडि बढेको हो ।
उनले लगानी भित्रनको लागि समय लाग्ने भन्दै प्रक्रिया अगाडि बढाउदै गएपछि लगानी भित्रने जानकारी दिए । ६ वटा जलविद्युत् आयोजनाको १४ सय ३२ मेगावाट जलविद्युत् आयोजनामा लगानी गर्नको लागि बोर्डले लगानीकर्तासँग नियमित सम्पर्कमा रहेको छ ।
तपाईको प्रतिक्रिया