प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका मन्त्री हमालले आइतबार विहान पदबाट राजीनामा दिएका हुन । प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न आग्रह गरेको र सोही आग्रह स्वीकार गर्दै हमालले पदबाट राजीनामा गरेको प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।
सन् २०१६ को अन्त्यतिर आधिकारिक रुपमा टिकटक सार्वजनिक गर्दा त्यसको माउ कम्पनी वाइडडान्सलाई पनि लाग्दैन थियो कि आफ्नो उत्पादन यतिधेरै लोकप्रिय होला भनेर । उसलाई पनि त्यस्तो अनुमान थिएन, जुन अहिले आएर सही सावित भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज (बिहीबार) देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । हिन्दु नेपालीको महानचार्ड बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज नै घरघरमा जमरा राखिने गरिन्छ ।
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अघि उनको शव भेटिएको हो ।काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चारतलामाथिबाट उनले हाम फालेको बताए । ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ’ सिंहले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
अस्ट्रेलियाका सामाजिक अभियन्ता दिनेशराज जोशीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । लामो समयदेखि एनआरएनए अभियानमा सारथी बनेका जोशीले समाज र मुलुकका लागि केही गर्न सक्छु भन्ने उदेस्यका साथ ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिन लागेको बताए ।
जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । सो भुकम्पको केन्द्रबिन्दु भने सामुद्रीक क्षेत्र रहेको छ । जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो ।
माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गर्न केही नेताका नाममा सहमति जुटाएको छ । बिहीबार बिहान बसेको स्थायी समिति बैठकले जारी केन्द्रीय कमिटी बैठकमा पेस गर्नेगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो ।
परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली पठाउनुपर्ने बाध्यता भएपछि थप मन्त्री विस्तारमा सकस खेपिरहेको सत्ता गठबन्धनले मंगलबार बेलुकी परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । सोही नियार्य अनुसार बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए ।
परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’
कोरोना महामारिका कारण हालसम्म रोकिएको मुलुकको १२औँ राष्ट्रिय जनगणना कार्य बुधबारदेखि औपचारिक रुपमा सुरुवात भएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि घरपरिवार सूचीकरण कार्य आजबाट प्रारम्भ गरेसँगै देशभर जनगणनाको काम सुरु गरेको हो । गत असारमा सकिनुपर्ने यो गणना कोरोना भाइरस महामारीका कारण सरेको थियो।
व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्ध निर्देशक समेत बनेका राणाको काठमाडौंको बत्तीसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो । उनैले बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्राएका थिए ।
किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२०–२१ का लागी गर्भनरमा एकराज पन्त चयन भएका छन । पन्तले आगामी सेप्टेम्बर १ देखि कार्यभार सम्हाल्ने छ । त्यस्तै किवानिज
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेपाल आईपुगेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीलाई आफू सरकारमा हुँदा बढाउने प्रयास गरेको तर, त्यसबेला सभामुखसहितका केही व्यक्तिले सफल हुन नदिएको बताएका छन् ।
नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली काठमाडौं आईपुगेको छ । एमसीसी उपाध्यक्ष फातिमा र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार बिहान ९ बजेर २५ मिनेटमा काठमाडौं आइपुगेका हुन् ।
तारकेश्वर नगरपालिका स्तरीय ब्लड डोनर्स एसोसिएसन समितिको चौंथो नगर सभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहोरोको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सर्वसम्मतीमा ९ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
गएरातिबाट परेको अविरल वर्षाका कारण काठमाडौँका अधिकाशं स्थानमा बाढी पसेको छ । आइतबार राति २ बजेबाट परेको अबिरल वर्षका कारण काठमाडौंका ३ सय ८२ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
पछिल्लो दुई वर्षदेखि विश्वभरका मान्छेहरु कोरोना संक्रमण र यसका असरबाट पीडित छन् । यस्ता महामारीको बेला विश्वभर नै मानसिक समस्या वृद्धि भइरहेको छ । कोरोना संक्रमणको यो बेला समस्या समाधानको लागि विज्ञसँग सिधै भेट्न पनि गाह्रो छ । नेपालमा पनि मेन्टल हेल्थका समस्या वृद्धि भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद् (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० हजार १९ जनाको मृत्यु भएको छ ।
यस वर्षको चिकित्सा शिक्षा आयोगद्धारा लिईएको प्रवेश परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थी आशिक झा सम्मानित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको पाँच महिनाभित्र एक लाख ९३ हजार ८ सय ५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण गरेको छ ।
ऊर्जा मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका ७६ लाख ३६ हजार जनतालाई निशुल्क बिद्युत उपलब्ध गराइने बताइएकी छिन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसमा सात कम्पनीलाई एक देखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
सरकारले महालेखा नियन्त्रक मधु कुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । मरासिनीले आइतवार नै अर्थ सचिवको कार्यभार सम्हाल्ने छन् ।