logo

करेन्ट चाउचाउको कार्टुनभित्र भेटियो ५० लाख, सौर्य एयरलाइन्सकी कर्मचारी पक्राउ

    1081   पटक पढिएको

१८ पुस/अर्थ र व्यापार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाउचाउको कार्टुनमा लुकाएर राखेको ५० लाख रूपैयाँसहित एकजनालाई पक्राउ गरिएको छ ।
सौर्य एयरलाइन्स मार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको सो रकम विशेष सुराकीका आधारमा विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो । विमानस्थल प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीका अनुसार करेन्ट चाउचाउको कार्टुनभित्र राखिएको सो रकम सहित विमानस्थलमा संकलन गर्न आएकी सौर्य एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई पक्राउ गरिएको छ । 
उनी सौर्य एयरलाइन्सको काठमाडौं कार्यालयमा एसिस्टेन्ट पदमा कार्यरत हुन् । बाहिर भद्रपुर लेखिएको रातो रङको मेल ब्यागमा करेन्ट चाउचाउको कार्टुनभित्र सो रकम फेला परेको थियो । कार्टुनभित्र एक हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका एक हजार वटा नोटहरु थिए ।
बरामद रकमसहित पोखरेललाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको प्रहरीले जनाएको छ । १० लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणाली मार्फत गर्नुपर्ने कानूनी प्रावधान छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।