logo

मेडिकल तयारी कक्षामा नेमको एकलौटी, शुल्क अनुसार गुणस्तर नभएको विद्यार्थीको गुनासो

    1378   पटक पढिएको

१३ पुस / अर्थ र व्यापार - चिकित्सा शिक्षा तयारी कक्षाको लागी विशेष पहिचान बनाएको काठमाडौंको पुतलीसडक, रामशाहपथस्थित नेम (नेम ईन्ष्टिच्युट फर मेडिकल एजुकेशन) ले मेडिकल तयारी कक्षामा भएको आफ्नो एकलौटीको फाईदा उठाउँदै विद्यार्थीसंग उच्च शुल्क लिने गरेको तर सोहि अनुसारको गुणस्तरीय शिक्षा नदिएको पाईएको छ । 

मेडिकल तयारी कक्षाका लागी आफ्नो ब्राण्ड समेत बनिसकेको कारण पछिल्लो समय नेमले उच्च शुल्क लिने गरेको र विद्यार्थीलाई टहरामा राखेर पढाउने गरेको, अनलाईन शिक्षाका लागी समेत उच्च शुल्क लिने गरेको सो ईन्ष्टिच्युटमा तयारी कक्षामा अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन ।

चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस),नर्सिङ तथा पारामेडिकल विषयमा तयारी कक्षा सञ्चालन गर्दै आएको नेमले भौतिक रुपमा सञ्चालित कक्षामा ठुलो संख्यामा एउटै कक्षामा विद्यार्थी राख्ने गरेको, व्यवस्थापनले शुल्क मात्र लिने तर सोहि अनुसारको स्तरीय तयारी कक्षा सञ्चालनमा ध्यान नदिएको तथा आँफुहरुलाई टहरामा राखेर पढाईएको भन्दै विद्यार्थीहरुले गुनासो गरेका छन । साथै आफ्नो उज्जवल भविष्य निर्माणको सपना देखेका विद्यार्थीहरु नेमवाट आँफुहरुको सपनामा चोट पुगेको वताउँछन । सो विषयमा व्यवस्थापन संग गुनासो गर्दा व्यवस्थापनले विगतमा आफ्नो ईष्टिच्युटमा अध्ययन गरेका विद्यार्थीहरुको सफलता देखाउँदै विद्यार्थीहरुको गुनासोमा कुनै ध्यान नदिएको पिडित विद्यार्थीहरु वताउँछन ।

पछिल्लो समय व्यवस्थापनले चिकित्सा शिक्षा तयारी कक्षामा आफ्नो एकलौटी रहेको भन्दै विद्यार्थीहरु संग चर्को शुल्क लिने गरेको छ । नेमले एउटै विद्याथीसंग तयारी कक्षाका लागी २५ देखि ४० हजार रुपैयाँ सम्म लिने गरेको छ । चिकित्सा शिक्षा तयारी कक्षामा आफ्नो २५ वर्षको अनुभव रहेको भन्दै नेमले आँफुले जे गरेपनि विद्यार्थीहरु अन्यत्र नजाने दावी गर्दै अनलाईन शिक्षाका नाममा समेत मासिक दश हजार पाँच सय रुपैयाँ सम्म विद्यार्थीसंग असुल्ने गरेको छ । अर्कोतिर एकपटक शुल्क तिरिसकेका विद्यार्थीहरु संग पनि एप्स सञ्चालन वा अन्य वाहनामा समेत शुल्क लिने गरेको भेटिएको छ ।

नेपाल सरकारले यस्ता तयारी कक्षा सञ्चालनको सम्बन्धमा ठोस ऐन र कानुन निर्माण नगर्दा विद्यार्थीहरु मर्कामा पर्ने गरेका छन । यस सम्बन्धमा शिक्षा मन्त्रालय संग बुझ्दा यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको वताउँदै आगामी दिनमा उचित निति–निर्माण गर्ने र यस्ता संस्थाहरुको नियमन गर्ने मन्त्रालयका अधिकारीहरु वताउँछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।