logo

मुग्लिङ–पोखरा सडक विस्तार गरी चार लेन बनाइदै, रुख कटान र टहरा हटाउने काम सुरु

    1613   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार – पृथ्वी राजमार्गअन्गर्तत ८८ किलोमिटर लामो मुग्लिङ–पोखरा सडक खण्ड विस्तार सुरु भएसँगै पहिलो चरणमा सडक क्षेत्रभित्र पर्ने रूख काट्ने र संरचना हटाउने काम सुरु भएको छ । 
सडक विभागअन्तर्गको सडक विस्तार आयोजनाले आँबुखैरेनी र बन्दीपुरका झण्डै दुई सय रूख काटेको छ । सडक विस्तारका राइट अफ वेमा पर्ने एक हजार एक सय मिटरसम्मका रुख तथा संरचना हटाउने क्रममा ती रुख काटिएको हो ।  सो सडक विस्तारका लागि चिनियाँ कम्पनीहरुलाई ठेक्का अवार्ड गर्ने काम यसअघि नै भइसकेको छ । 
आयोजनासम्वद्ध इन्जिनियर पुष्कर रेग्मीका तिहार अघिदेखि नै सुरु भएको रुख काट्ने काम तिहारपछि पनि जारी रहेको र काटिएका रुप वन कार्यालयलाई बुझाइने छ । मुग्लिङ–पोखरा खण्डलाई विस्तार गरी दुई लेनबाट चार लेन बनाउने क्रममा सडक क्षेत्रका रुख काट्ने र संरचना हटाउने काम सुरु भएको हो । यस क्रममा सो खण्डमा छ हजार ७५० रूख काटिने छ भने सयभन्दा बढि घरटहरामा असर पर्ने जनाइएको छ । 
सडक क्षेत्रमा सिसौ, खयर, सिसौ, कटुस, चिलाउने, कपुर, सिफलका रूख काटिने छन् । सडक विस्तारका लागि मुग्लिङ–पोखरा खण्डमध्ये आँबुखैरेनी–जामुने ४१ किमि पूर्वी खण्ड र जामुने–पोखरा ३९ किमि पश्चिम खण्ड बनाइएको छ भने मुग्लिङ–देखि आँबुखैरेनीसम्म अर्को खण्ड बनाउन लागिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।