logo

कोरोनाको नयाँ भेरियन्टबाट बच्न अफ्रिकी मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

    1063   पटक पढिएको

१३ मंसिर/अर्थ र व्यापार– सरकारले अफ्रिकी मुलुकहरुबाट नेपाल आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । अफ्रिकी मुलुकहरुमा कोरोनाको अति छिटो संक्रमण फैलिने नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखा परेसँगै नेपाल सरकारले ती देशहरुबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।
गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता फणिन्द्रमणी पोखरेलले ती देशहरुबाट आउनेहरुलाई अनअराइभल भिसामा रोक लगाउने निर्णय भएको जानकारी दिए । पछिल्लो समय अफ्रिकी मुलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै मालदिभ्सले विभिन्न ७ वटा अफ्रिकी देशबाट आउने यात्रुहरुलाई रोक लगाइसकेको छ । 
जसमा दक्षिण अफ्रिका, बोतस्वाना, जिम्वाबे, मोजाम्बिक, नामिबिया, लेसोथो, इसवाथिनीबाट आउने यात्रुहरुलाई रोक लगाएको हो । यसैगरि, छिमेकी मुलुक भारतले पनि यस्तो खतरनार्क नयाँ भेरियन्टबाट बच्न उच्च सतर्कता अपनाउने भनिसकेको छ ।
सोही संक्रमण फैलिन सक्ने त्रासका कारण अहिले  अन्य मुलुकहरुले पनि अफ्रिकी देशका यात्रुहरुलाई प्रवेशमा रोक लगाइसकेको छ । अफ्रिकी मुलुकहरुसँगको सम्पर्कमा रोक लगाइएपछि दक्षिण अफ्रिकाले इमान्दारितामा संजाए पाएको प्रतिक्रिया दिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।