१५ कात्तिक / अर्थ र व्यापार- नेपाली कांग्रेसका युवा नेता लिला वल्लव दाहाल (काका) ले १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने भएका छन । “सही नेतृत्व, ईमान्दारिता र पारदर्शिता, संगठित कांग्रेस आजको आवश्यकता” भन्ने नाराका साथ दाहालले उम्मेद्वारी घोषणा गरेका छन । ओखलढुंगाको सुदृढ कांग्रेसको लागी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेद्वारी रहेको दाहालले वताए ।
दाहाल यसअघि उपत्यकाको आंगिक क्याम्पस को सभापति हुँदै नेबिसंघ पुर्ब केन्द्रिय सदस्य तथा उपत्यका संयोजक समेत रहिसकेका छन । ओखलढुंगा जिल्लामा भुइँचालो पछि अस्थाई स्कुलका अभियन्ता समेत रहेका दाहालले “एक उच्च माबि, एक पुस्तकालय” अभियान सञ्चालन गर्दै माम्खा मा.बि र नारायणस्थान मा.बि मा पुस्तकालय बनाइ सकेका छन । सफल पर्यटन व्यवसायीको समेत छवि वनाईसकेका दाहाल व्यवसाय र समाजसेवाका क्षेत्रमा उत्तिकै सक्रिय छन ।
तपाईको प्रतिक्रिया