logo

विविध सामाजिक काम गरी ‘किवानिज ओन डे’ मनाईयो 

    1328   पटक पढिएको

९ कात्तिक / अर्थ र व्यापार – विविध सामाजिक काम गरी ‘किवानिज ओन डे’ मनाईएको छ । किवानिज इन्टरनेशनल बालबालिका क्षेत्रमा काम गर्ने एक विश्वप्रसिद्ध सामाजिक संस्था हो । त्यसैले संसारभरका अरु देशमा जस्तै नेपालमा पनि देशका विभिन्न ठाउँमा विविध सामाजिक काम गरी ‘किवानिज ओन डे ’ मनाईएको हो । 
किवानिज नेपालका सस्थापक तथा वर्तमान गभर्नर एकराज पन्तले खुसियाली साट्दै काठमाडौँ, भक्तपुर, ललितपुर, काँस्की, चितवन, रुपन्देही, मोरङ, सुनसरी लगायत विभिन्न ठाँउमा किवानिज क्लवहरुले सकेसम्म सामाजिक हातहरु अघि बढाई बढि भन्दा बढि सामाजिक कामगरी ‘किवानिज ओन डे ’ मनाईएको बताए । 
यसैगरि, संस्थाका सस्थापक तथा वर्तमान गभर्नर इलेक्ट लक्ष्मण लम्सालले ‘किवानिज ओन डे ’ को अवसरमा एकै दिन यतिधेरै ठाँउमा सामाजिक काम संस्थागत रुपमा पहिलो पटक भएको बताए । 
किवानिज चिल्ड्रेन फण्ड नेपालका अध्यक्ष शम्सेर पराजुलीले बालबालिकाको क्षेत्रमा कार्य गर्ने विश्वव्यापी संस्था भएका कारण किवानिज इन्टरनेशनल, नेपालमा पनि छोटो समयमा आकर्षित संस्था भएको बताए । 
हाल यस संस्थामा विश्वभरी ८० भन्दा बढि देशमा ६ लाख भन्दा धेरै स्वयंसेवक सदस्यहरु रहेका छन् । सन् १९१५ मा अमेरिकाको डेट्रोइट, मिशिगनबाट शुरु भएको यो संस्थाको विश्वभरी ठुलो स्वयंसेवक संजाल छ । सर्भिङ द चिल्ड्रेन अफ द वर्ड यस संस्थाको मुख्य नारा हो । किवानिज एकपटकमा एक बालक–बालिका र एक समुदायमा सुधार ल्याउन समर्पित स्वयंसेवीहरुको एउटा विश्वव्यापी छाता संस्था हो । 
सन् २०१५ बाट नेपालमा पनि अधिकारिक रुपमा शुरु भएको किवानिज इन्टरनेशनल नेपालमा अहिले ८० भन्दा बढि क्लवबमा १५०० भन्दा धेरै किवानिज स्वयंसेवक सदस्यहरु रहेका छन् । किवानिज इन्टरनेशनलले संसारभर अक्टोबर महिनाको अन्तिम शनिबार विभिन्न सामाजिक कार्यगरी ‘किवानिज ओन डे’ मनाउने गर्दै आएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।