logo

विविध सामाजिक काम गरी ‘किवानिज ओन डे’ मनाईयो 

    1470   पटक पढिएको

९ कात्तिक / अर्थ र व्यापार – विविध सामाजिक काम गरी ‘किवानिज ओन डे’ मनाईएको छ । किवानिज इन्टरनेशनल बालबालिका क्षेत्रमा काम गर्ने एक विश्वप्रसिद्ध सामाजिक संस्था हो । त्यसैले संसारभरका अरु देशमा जस्तै नेपालमा पनि देशका विभिन्न ठाउँमा विविध सामाजिक काम गरी ‘किवानिज ओन डे ’ मनाईएको हो । 
किवानिज नेपालका सस्थापक तथा वर्तमान गभर्नर एकराज पन्तले खुसियाली साट्दै काठमाडौँ, भक्तपुर, ललितपुर, काँस्की, चितवन, रुपन्देही, मोरङ, सुनसरी लगायत विभिन्न ठाँउमा किवानिज क्लवहरुले सकेसम्म सामाजिक हातहरु अघि बढाई बढि भन्दा बढि सामाजिक कामगरी ‘किवानिज ओन डे ’ मनाईएको बताए । 
यसैगरि, संस्थाका सस्थापक तथा वर्तमान गभर्नर इलेक्ट लक्ष्मण लम्सालले ‘किवानिज ओन डे ’ को अवसरमा एकै दिन यतिधेरै ठाँउमा सामाजिक काम संस्थागत रुपमा पहिलो पटक भएको बताए । 
किवानिज चिल्ड्रेन फण्ड नेपालका अध्यक्ष शम्सेर पराजुलीले बालबालिकाको क्षेत्रमा कार्य गर्ने विश्वव्यापी संस्था भएका कारण किवानिज इन्टरनेशनल, नेपालमा पनि छोटो समयमा आकर्षित संस्था भएको बताए । 
हाल यस संस्थामा विश्वभरी ८० भन्दा बढि देशमा ६ लाख भन्दा धेरै स्वयंसेवक सदस्यहरु रहेका छन् । सन् १९१५ मा अमेरिकाको डेट्रोइट, मिशिगनबाट शुरु भएको यो संस्थाको विश्वभरी ठुलो स्वयंसेवक संजाल छ । सर्भिङ द चिल्ड्रेन अफ द वर्ड यस संस्थाको मुख्य नारा हो । किवानिज एकपटकमा एक बालक–बालिका र एक समुदायमा सुधार ल्याउन समर्पित स्वयंसेवीहरुको एउटा विश्वव्यापी छाता संस्था हो । 
सन् २०१५ बाट नेपालमा पनि अधिकारिक रुपमा शुरु भएको किवानिज इन्टरनेशनल नेपालमा अहिले ८० भन्दा बढि क्लवबमा १५०० भन्दा धेरै किवानिज स्वयंसेवक सदस्यहरु रहेका छन् । किवानिज इन्टरनेशनलले संसारभर अक्टोबर महिनाको अन्तिम शनिबार विभिन्न सामाजिक कार्यगरी ‘किवानिज ओन डे’ मनाउने गर्दै आएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।