logo

विधार्थीकालागि जापान र अष्ट्रेलिया खुल्यो ,भिसा लागिसकेकालाई तयार रहन इक्यानको आग्रह 

    1161   पटक पढिएको

८ मंसिर/ अर्थ र व्यापार – अध्ययनका लागि जापान र अष्ट्रेलिया जाने तयारीमा रहेका विधार्थीलाई ती देश खुला भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जापान र अष्ट्रेलियाको बोर्डर खुलेको जानकारी दिँदै सबै तयारी पूरा गरेर बसेका विद्यार्थीहरुलाई तयारी अवस्थामा बस्न सुझाव दिएको छ ।
इक्यानले पत्रकार सम्मेलन गरेर अष्ट्रेलिया जान मात्रै तीन हजार सात सय विद्यार्थी तयारी अवस्थामा रहेको भन्दै जापान र अष्ट्रेलिया जान बाटो खुलेको जानकारि गराएको हो । जापानले गत ८ नोभेम्बरदेखि नै पर्यटक भिसाबाहेक अन्य भिसाका लागि बोर्डर खुल्ला भएको निर्णय गरेको थियो भने अष्ट्रेलियाले आगामी १ डिसेम्बरबाट विदेशी विद्यार्थी लगायत अन्य वर्गका यात्रुलाई बोर्डर खुल्ला गर्ने निर्णय गरेको छ ।
सो निर्णयसँगै कोभिड १९ को विश्वव्यापी महामारीका कारण विगत दुई बर्षदेखि विदेश अध्ययन गर्न जान नपाएका विद्यार्थीदेखि उक्त अवधिसम्म विद्यार्थी पठाउन नपाएका परामर्शदाता व्यवसायीहरुसमेत खुशी भएका छन् । इक्यानका पदाधिकारीले विदेश जाने विद्यार्थी र पठाउने अभिभावकले आफ्ना विद्यार्थीलाई आवश्यक तयारीका साथ पठाउन आग्रह पनि गरेका छन् ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेले भिसा पाएर कलेज तथा विश्वविद्यालयलाई शुल्कसमेत बुझाइसकेका तीन हजार सात सय विद्यार्थी अष्ट्रेलिया जाँदा सगज भएर जान आग्रह गरे । उनले गइसकेपछि परामर्शदाता कम्पनीलाई दोष दिने भन्दा पनि आफूले पूर्वतयारी गर्नुपर्ने बताए ।
इक्यानका अनुसार अष्ट्रेलियाका लागि सन् २०२० को अप्रिलदेखि २०२१ को अप्रिलसम्म सीओई प्राप्त गरी शुल्क बुझाएर बसेका विद्यार्थीले आउँदो यही नोभेम्बर, डिसेम्बर र जनवरीमा प्रवेश अनुमति दिने, २०२१ को अप्रिल, जुलाई र अक्टोबरका विद्यार्थीलाई अट्रेलिया जान आउँदा जनवरीपछि सुचना जारी गरिने छ ।
यात्रा गर्न पाउने विद्यार्थीले भिसा सबक्लासेसअन्तर्गत योग्यता पुगेको भ्यालिड भिसा हुनुपर्ने, यात्रुले कोभिडविरुद्धको खोप लगाएको प्रमाण हुनुपर्ने, प्रस्थान गरेको तीन दिनभित्रमा कोभिड परीक्षण गरी पोजेटिभ वा नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्ने, पोजेटिभ आएमा अष्ट्रेलियाको केन्द्र तथा राज्य सरकारले निर्धारण गरेका क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ । हाल क्वारेन्टिनमा नबसी अष्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरीले मात्रै प्रवेश दिएको पनि इक्यानले जानकारी दिएको छ ।
इक्यानका पदाधिकारीले विद्यार्थीहरुलाई सहज ढंगले हवाई टिकट लिन सहजीकरण गर्ने काम आफूले गरिरहेको जनाउँदै कुनै समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।