९ कात्तिक / अर्थ र व्यापार – म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेको सूचनाको आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले धापासीस्थित एक गोदाममा छापा मारेको छ ।
धापासीको गोल्डेन नेपाल सप्लायर्समा कुरकुरे लेज विष्कुट हर्लिक्स लगायत नयाँ मिति राख्दै गरेको अवस्थामा १४ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको काठमाडौं जिल्ला प्रशाशन कार्यालका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारि दिए ।
अधिकारिका अनुसार पक्राउ पर्नेमा गोल्डेन नेपाल सप्लार्यसका प्रमुख २६ वर्षीय सबिन घिमिरे रहेका छन् । यस्तो कार्यमा समलग्नलाई काठमाडौ जिल्ला प्रशासन कार्यालयले ३ लाख रुपैयाँ जरिवाना तिराएको सहायक प्रमुख जिल्ला अधिकारीले बताए । उनले यस्तो कार्यमा समलग्न कम्पनीका सञ्चालकको पसल गोदाममा शिल गरिएको बताए ।
तपाईको प्रतिक्रिया