नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेललाई हटाउने तयारी गरिएको छ । खरेलको कामकारबाहीप्रति असन्तुष्ट बनेका पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधार गर्नका लागि खरेललाई नहटाइ नहुने निश्कर्षमा पुगेका छन् ।
नेपाल पर्यटन बोर्डले ल्याएको ‘लोन्ली इको रिसोर्ट’को अवधारणामा विदेशी लगानी खोजिने भएको छ । बोर्डले चालु आर्थिक वर्षको बजेटमा विभिन्न चार पर्यटकीय गन्तव्यमा रिसोर्ट खोली सञ्चालन गर्ने अवधारणा समेटेको थियो ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् । त्यसपछि मन्त्री बनाउने उनको आश्वासन छ ।
मन्त्रिपरिषद् हेरफेरको तयारीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बिहान ९ बजे बोलाइएको बैठक १२ बजे सारिएको छ।
सिरहाको लहानबाट अपहरण गरेको भनिएको नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले फेला पारेको छ । मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रमदैयामाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
दूर सञ्चार प्राधिकरणले छुट्टै कम्पनीमार्फत दूरसञ्चार सेवा प्रदायकहरूका लागि पूर्वाधार विकास गर्न तयार पारेको पूर्वाधार सहप्रयोग सम्बन्धि फाइल डेढ वर्षदेखि सूचना तथा प्रविधि मन्त्रालयमा रोकिएको छ ।
श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।
सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने प्रावधान ल्याएको हो ।
हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् ।
सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ ।
देशभित्र सञ्चालित सबै वाणिज्य बैंकहरुले चिपमा आधारित डेबिट तथा क्रेडिट कार्ड प्रयोगमा ल्याएका छन् ।
स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने नीति लिएको सरकारले आयातीत वस्तुको भन्सार महसुल दरमा हेरफेर गरेको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आठौं वार्षिक साधारणसभाले पूँजी बृद्धि गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
आन्तरिक राजस्व कार्यालय वीरगंजले नक्कली भ्याट बिलबाट कर छली गरेका एक व्यापारीलाई जेल चलान गर्ने निर्णय गरेको छ ।
गहिरो विवादमा फँसेको निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार एकाएक सहमति जुट्यो । नयाँ सहमतिसँगै महासंघका नेताहरु एक ढिक्का भएका छन् ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्न सर्वेक्षण गरिएको छ ।
खाना पकाउने एलपी ग्यास ‘विस्थापन’ गर्ने भन्दै नेपाल आयल निगम र विद्युत् प्राधिकरण सहकार्यको तयारीमा छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले १३ अर्ब ६२ करोड (१२० मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ ।
भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
यसबाहेक नारायणकाजीमार्फत पूर्वमाओवादीका उच्च नेताहरुलाई प्रयोग गरेर दबाब बनाउन खोजेका छन्। नेकपा मात्रै होइन यसपाली कांग्रेस नेताहरुलाई पनि प्रयोग गर्न थालेका छन्।
१४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ ।
विद्युतको महसुल निार्धरणका लागि मूख्यरुपमा ५ वटा सिद्दान्त तथा आधार तयार पारिएको छ।
गत शुक्रबारदेखि सुनको मूल्य लगातार घट्दो क्रममा छ । शुक्रबार यता मात्रै सुनको भाउ प्रति तोला एक हजार रुपैयाँले घटिसकेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।
सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ ।