logo

नक्कली भ्याट विल प्रयोग गरि कर छल्ने  वीरगंजका व्यापारी जेल चलान

    2261   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार - आन्तरिक राजस्व कार्यालय वीरगंजले नक्कली भ्याट बिलबाट कर छली गरेका एक व्यापारीलाई जेल चलान गर्ने निर्णय गरेको छ । ग्यास सिलिन्डिरको पार्टपूर्जा सम्बन्धी कारोबार गर्ने वीरगंज–२१ परवानीपुर घर भएका वीरगंज, माईस्थानस्थित जानकी ट्रेडर्सका सञ्चालक दिपेन्द्र पासवानलाई नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको आरोपमा पक्राउ परेका थिए। उनीसँग कर छलीको रकम र जरीवानासहित १ करोड १५ लाख रुपैयाँ कार्यालयले माग गरेको थियो। त्यो रकम बुझाउन नसकेपछि पासवान जेल चलान भएका हुन् ।

आन्तरिक राजस्व कार्यालय वीरगंजको अनुसन्धानमा उक्त फर्मले आर्थिक वर्ष २०७३र०७४ देखि २०७५र०७६ मा विभिन्न ४ वटा फर्मले नक्कली भ्याट बिल प्रयोग गरेर कर छलेको कार्यालयले जनाएको छ। त्यस्तै आव २०७१र०७२ र २०७२र०७३ मा २ वटा शंकास्पद फर्मबाट खरिद गरेको भनी आय विवरणमा देखाएको तर सो खरिदलाई पुष्टि गर्ने कुनै बिजक प्रमाण नै पेश गर्न नसकेकोले झुट्ठा विवरण पेश गरी कर छली गरेको पाइएको हो ।

२०७१ देखि ०७६ सम्मको कारोबारको अनुसन्धानबाट उनलाई ४४ लाख ३० हजार ५ सय २५ रुपैयाँ कर, जरिवाना रुकम ४४ लाख ३० लाख ५ सय २५ रुपैयाँ र दस्तुर १० लाख ७७ हजार ७ सय ९३ रुपैयाँ र ब्याज १६ लाख १२ हजार ७ सय ८५ रुपैयाँ गरी कुल १ करोड १५ लाख ५१ हजार ६ सय २८ रुपैयाँ माग गरेका थियो। पासवानले सो रकम दिन अस्वीकार गरेपछि उनलाई जेल चलान गरिएको कार्यालयका कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिए ।

साथै, बार्षिक रुपमा आय विवरण पेश गर्दा सो नक्कली बिल खर्च दाबी गरी आयकर समेत छलेकोले आयकर शुल्क ब्याज आयकर तर्फ समेत गरी करिब २ करोड २० लाख आयकर समेत निर्धारण हुने कर कार्यालयले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।