logo

निगम अध्यक्ष खरेललाई हटाउने मन्त्रालयको तयारी

    1272   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार - नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेललाई हटाउने तयारी गरिएको छ । खरेलको कामकारबाहीप्रति असन्तुष्ट बनेका पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधार गर्नका लागि खरेललाई नहटाइ नहुने निश्कर्षमा पुगेका छन् ।

गत वर्ष भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै नियुक्त गरेका खरेलले अपेक्षाकृत काम गर्न नसकेपछि उनलाई हटाउने तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

‘अहिलेका मन्त्रीज्यूले नियुक्ती गर्नु भएको भए पहिले नै हटाइसक्नुहुन्थ्यो, तर प्रधानमन्त्रीज्यूले नियुक्ती गर्नु भएकाले हटाउन केही समय पर्खिएको हो’ मन्त्रालय स्रोतले भन्यो, ‘खरेलको कामप्रति प्रधानमन्त्री नै असन्तुष्ट हुनुहुन्छ, त्यसैले उहाँले पनि हटाउनका लागि संकेत दिइसक्नु भएको छ ।’

पर्यटनमन्त्री भट्टराईले केही दिनभित्रै खरेललाई हटाउने तयारी गरेको स्रोतको दाबी छ ।

खरेलले बिजनेश प्लान नबनाएको, निगमको अटिड नगरेको, चिनियाँ विमान सञ्चालन गर्न प्रभावकारी काम नगरेको, ग्राउन्ड ह्यान्डलिङमा काम नगरेको र निगम लगातार घाटामा गइरहेको प्रति भन्दै मन्त्री भट्टराई असन्तुष्ट छन् ।

मन्त्री भट्टराईले बुधबार बिहान समेत काम नगर्ने कर्मचारीलाई पद ओगटेर बस्नुभन्दा पनि राजीनामा दिन सुझाव दिएका थिए । ‘काम नगर्ने कर्मचारीहरुले राजीनामा दिनुहोस्, मैले हटाइसकेपछि अदालत गएर नरुनु होला,’ भट्टराईले बुधबार बिहान भनेका थिए ।

पर्यटनमन्त्रीमा नियुक्त भइसकेपछि निकै सक्रियता देखाएका भट्टराईले जिम्मेवारी पूरा नगर्ने र जवाफदेही नहुने सबैलाई हटाउने चेतावनी यसअघि पनि दिइसकेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।