logo

एनसिएचएलले पूर्वाधारमा लगानी बढाउन ३८ प्रतिशतले पूँजी बढायो

    1282   पटक पढिएको

२६ कात्तिक /अर्थ र व्यापार - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आठौं वार्षिक साधारणसभाले पूँजी बृद्धि गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

कम्पनीले चुक्ता पूँजी ३८ प्रतिशतले बढाउन स्वीकृति पाएको हो। कम्पनी चुक्ता पूँजी अहिले २१ करोड ६० लाख रुपैयाँ रहेको छ। ३८ प्रतिशत बोसन शेयर वितरणपछि पूँजी २९ करोड ८० लाख रुपैयाँ पुग्ने छ ।
सभाले बोनस शेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांससमेत वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ। कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय भएको छ । कम्पनीले गत बर्ष  २३ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो ।  

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापन सुढृढ बनाउने योजना बनाएको छ । 

गत बर्ष एनसिएचएल(इसिसीमार्फत कुल १ करोड १७ लाख ५५ हजार ७२ चेक राफसाफ भएको थियो भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीबाट ४९ लाख ३१ हजार ९५० तथा कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमार्फत १ लाख ८६ हजार ४१ भुक्तानी कारोबारहरु भएको थियो ।

कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो। हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार ३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ । कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु पनि आवद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।