logo

बिक्री कम भएका बेला सिमेन्ट उद्योगमा भित्रियो क्यानडाबाट ५० करोड विदेशी लगानी

    1251   पटक पढिएको

८ मंसिर / अर्थ र व्यापार - सिमन्टको बजार कमजोर बन्दै गएका बेलामा नेपालमा शतप्रतिशत विदेशी लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि प्रतिबद्धता आएको छ । कुल ५० करोडको वैदेशिक लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि उद्योग विभागमा प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार गत साता क्यानडाबाट उक्त लगानीका लागि प्रतिबद्धता आएको हो ।

उद्योग विभागमा गत मंसिर ३ गते दर्ता भएको उक्त कम्पनीले छिट्टै प्रक्रिया पूरा गरेर काम अगाडि बढाउने विभागले जानकारी दिएको छ । विभागका अनुसार कैलाली जिल्लामा स्थापना हुने उक्त उद्योगमा सिमेन्टबाट प्रत्येक दिन १६०० टन सिमेन्ट उत्पादन हुनेछ । त्यस्तै, वार्षिक २ लाख ४० हजार मेट्रिक टन पार्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी) उत्पादन गर्नेछ । त्यस्तै, अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) पनि २ लाख ४० हजार मेट्रिक टन उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ ।

उद्योग विभागका अनुसार कम्पनीले ७० जनालाई रोजगारी दिनेछ । कम्पनीको कुल पुँजी ५० करोड हुनेछ । जसमध्ये स्थिर पुँजी ३३ करोढ ३९ लाख रुपैयाँ र चालु पुँजी १६ करोड ६१ लाख रुपैयाँ छ ।

पछिल्लो वर्ष सिमेन्ट उद्योगको व्यवसाय कमजोर बन्दै गएको छ । मुलुकमा थप आर्थिक गतिविधि बढ्न नसक्दा र पूर्वाधार विकासका कामहरु हुन नसक्दा त्यसको प्रत्यक्ष असर सिमेन्ट उद्योगमा परेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।