logo

महान्यायाधिवक्ता हुँदा–हुँदै प्रधानमन्त्रीलाई किन चाहियो कानूनी सल्लाहकार ?

    1201   पटक पढिएको

६ मंसिर / अर्थ र व्यापार - संविधानको व्यवस्थाअनुसार, महान्यायाधिवक्ता नै सरकार अर्थात् प्रधानमन्त्रीका कानूनी सल्लाहकार हुन् । तर अघिल्लो मन्त्रिपरिषद् बैठकले अधिवक्ता बाबुराम दाहाललाई प्रधानमन्त्रीको अवैतनिक कानूनी सल्लाहकार नियुक्त गरेको निर्णय सार्वजनिक भएपछि न्याय क्षेत्रमा खैलाबैला मच्चियो ।
महान्यायाधिवक्ता हुँदा–हुँदै प्रधानमन्त्रीलाई अलग्गै कानुनी सल्लाहकार किन चाहियो ? यो प्रश्न लिएर केही नेकपानिकट वकिलहरू संसदीय दलका उपनेता सुवास नेम्वाङसम्म पुगे । स्वयं महान्यायाधिवक्ता अग्नि खरेल पनि प्रधानमन्त्रीको कानूनी सल्लाहकार अर्कै व्यक्ति नियुक्त भएको समाचार आएपछि अन्योलमा परेको स्रोतले जनाएको छ ।

नेकपा र प्रधानमन्त्रीनिकटबाटै कानूनी सल्लाहकार नियुक्ति संविधानविपरीत हुने र महान्यायाधिवक्ताप्रति सरकारको विश्वास नरहेको बुझिने भन्दै आलोचना भएपछि बिहीबार गुपचुप रूपमा अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सच्याएर दाहाललाई नियुक्ति दिइएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको अवैतनिक कानूनी सल्लाहकार भनेर नियुक्त गरिएका दाहाललाई मुख्य सचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्रीको सचिवालयका कानून विज्ञ भनेर नियुक्ति सच्याइएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीलाई कानूनी राय दिने संवैधानिक संस्था महान्यायाधिवक्ता कार्यालय हुँदा–हुँदै एकजना वकिललाई जबर्जस्ती किन प्रधानमन्त्रीको कानून विज्ञका रूपमा नियुक्त गरियो भन्नेबारे ओलीनिकटकै नेताहरूले मेसो पाएका छैनन् ।
दाहाललाई प्रधानमन्त्रीको कानूनी सल्लाहकार नियुक्ति गर्ने निर्णय संविधानसँग बाझिने जान्दा–जान्दै मुख्य सचिव रेग्मीले किन रोकेनन् भन्ने प्रश्नसमेत केही मन्त्रीले गरेका छन् । प्रधानमन्त्रीलाई सार्वजनिक खरिदसम्बन्धी नियमको विज्ञ भएकाले विकास निर्माणका काम सहज अघि बढाउन आवश्यक नियम कानून संशोधनका लागि उपयुक्त व्यक्ति भन्दै नियुक्त गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ ।
आफू महान्यायाधिवक्ता हुँदा–हुँदै कानुनी सल्लाहकार नियुक्ति गरिएको समाचार आएपछि अग्नि खरेलले चासो राखेका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीलाई यसबारेमा भेटेर जानकारी गराएको बताइएको छ ।

अवैतनिक कानून विज्ञमा नियुक्त भएका दाहाल निर्माण व्यवसायी महासंघका वैतनिक कानूनी सल्लाहकार हुन् । समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरूप्रति सरकार अनुदार बनिरहेका बेला ठेकेदारकै वकिललाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाउन कसले लबिङ र्गयो ? अहिले ओलीनिकटकै नेताहरूले सोधखोज गरिरहेका छन् ।

दाहाल नेकपाको निर्वाचन समितिमा बसेर काम गरेका भए पनि प्रधानमन्त्री ओलीसँग निकट भने होइनन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।