logo

महान्यायाधिवक्ता हुँदा–हुँदै प्रधानमन्त्रीलाई किन चाहियो कानूनी सल्लाहकार ?

    1366   पटक पढिएको

६ मंसिर / अर्थ र व्यापार - संविधानको व्यवस्थाअनुसार, महान्यायाधिवक्ता नै सरकार अर्थात् प्रधानमन्त्रीका कानूनी सल्लाहकार हुन् । तर अघिल्लो मन्त्रिपरिषद् बैठकले अधिवक्ता बाबुराम दाहाललाई प्रधानमन्त्रीको अवैतनिक कानूनी सल्लाहकार नियुक्त गरेको निर्णय सार्वजनिक भएपछि न्याय क्षेत्रमा खैलाबैला मच्चियो ।
महान्यायाधिवक्ता हुँदा–हुँदै प्रधानमन्त्रीलाई अलग्गै कानुनी सल्लाहकार किन चाहियो ? यो प्रश्न लिएर केही नेकपानिकट वकिलहरू संसदीय दलका उपनेता सुवास नेम्वाङसम्म पुगे । स्वयं महान्यायाधिवक्ता अग्नि खरेल पनि प्रधानमन्त्रीको कानूनी सल्लाहकार अर्कै व्यक्ति नियुक्त भएको समाचार आएपछि अन्योलमा परेको स्रोतले जनाएको छ ।

नेकपा र प्रधानमन्त्रीनिकटबाटै कानूनी सल्लाहकार नियुक्ति संविधानविपरीत हुने र महान्यायाधिवक्ताप्रति सरकारको विश्वास नरहेको बुझिने भन्दै आलोचना भएपछि बिहीबार गुपचुप रूपमा अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सच्याएर दाहाललाई नियुक्ति दिइएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको अवैतनिक कानूनी सल्लाहकार भनेर नियुक्त गरिएका दाहाललाई मुख्य सचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्रीको सचिवालयका कानून विज्ञ भनेर नियुक्ति सच्याइएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीलाई कानूनी राय दिने संवैधानिक संस्था महान्यायाधिवक्ता कार्यालय हुँदा–हुँदै एकजना वकिललाई जबर्जस्ती किन प्रधानमन्त्रीको कानून विज्ञका रूपमा नियुक्त गरियो भन्नेबारे ओलीनिकटकै नेताहरूले मेसो पाएका छैनन् ।
दाहाललाई प्रधानमन्त्रीको कानूनी सल्लाहकार नियुक्ति गर्ने निर्णय संविधानसँग बाझिने जान्दा–जान्दै मुख्य सचिव रेग्मीले किन रोकेनन् भन्ने प्रश्नसमेत केही मन्त्रीले गरेका छन् । प्रधानमन्त्रीलाई सार्वजनिक खरिदसम्बन्धी नियमको विज्ञ भएकाले विकास निर्माणका काम सहज अघि बढाउन आवश्यक नियम कानून संशोधनका लागि उपयुक्त व्यक्ति भन्दै नियुक्त गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ ।
आफू महान्यायाधिवक्ता हुँदा–हुँदै कानुनी सल्लाहकार नियुक्ति गरिएको समाचार आएपछि अग्नि खरेलले चासो राखेका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीलाई यसबारेमा भेटेर जानकारी गराएको बताइएको छ ।

अवैतनिक कानून विज्ञमा नियुक्त भएका दाहाल निर्माण व्यवसायी महासंघका वैतनिक कानूनी सल्लाहकार हुन् । समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरूप्रति सरकार अनुदार बनिरहेका बेला ठेकेदारकै वकिललाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाउन कसले लबिङ र्गयो ? अहिले ओलीनिकटकै नेताहरूले सोधखोज गरिरहेका छन् ।

दाहाल नेकपाको निर्वाचन समितिमा बसेर काम गरेका भए पनि प्रधानमन्त्री ओलीसँग निकट भने होइनन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।