logo

एक वर्षमै दोब्बरले बढ्यो काठमाडौं उपत्यकाको मूल्य वृद्धि

    1091   पटक पढिएको

६ मंसिर / अर्थ र व्यापार - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा काठमाडौं उपत्यकाको मूल्य वृद्धि ८ प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्ष ०७५र७६ को पहिलो त्रैमासमा ४ प्रतिशत रहेको मूल्य वृद्धि बढेर एक वर्षमै ८ प्रतिशत नाघेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार, असोज मसान्तसम्मको उपभोक्ता मुद्रास्फिति काठमाडौंमा ८.१४ प्रतिशत पुगेको छ । कात्तिकसम्म काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फिति रहेको राष्ट्र बैंकले बताएको छ ।

एक वर्षअघि अर्थात् ०७५ असोज महिनामा उपभोक्ता मुद्रास्फिति काठमाडौं उपत्यकामा ४.० प्रतिशत, तराईमा ४.३ प्रतिशत, पहाडमा ६.१ प्रतिशत र हिमालमा ४.२ प्रतिशत रहेको थियो ।औसतमा समेत उपभोक्ता मुद्रास्फिति ६.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ४.६८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ७.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ५.५५ प्रतिशत रहेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले बताएको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, कपडा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको राष्ट्र बैंकले बताएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।