logo

महासंघमा वरिष्ठ उपाध्यक्षको दौड

    1113   पटक पढिएको

२५ कार्तिक / अर्थ र व्यापार - गहिरो विवादमा फँसेको निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार एकाएक सहमति जुट्यो । नयाँ सहमतिसँगै महासंघका नेताहरु एक ढिक्का भएका छन् ।

एउटा कार्यकालको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थालाई हटाउने वा नहटाउनेमा चरम विवाद थियो । निर्वाचन प्रणालिबाटै नयाँ अध्यक्ष चुन्नुपर्ने पक्षमा पूर्वअध्यक्ष चण्ढीराज ढकालले तीव्र लविङ गरिरहेका थिए । उनलाई अन्य केही पदाधिकारीहरुको पनि समर्थन थियो ।

विद्यमान व्यवस्थाअनुसार नै भवानी राणा महासंघको वरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा पदोन्नति भएकी थिइन् । अब स्वतः अध्यक्ष बन्ने लाइनमा थिए वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लाइनमा थिए । गोल्छालाई रोक्नेगरी नै विधान संशोधनको मिति समेत तोकिइसकिएकोमा शुक्रबार एकाएक नयाँ सहमति भएको छ । सहमति अनुसार महासंघको १९ औं अध्यक्ष गोल्छा बन्नेछन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्दा बाँकी पदहरुमा भने निर्वाचन हुनेछ । महासंघमा विभिन्न पदमा आकांक्षा राख्नेहरुले भेटघाट र सम्पर्क सुरु गरिसकेका छन् । नयाँ नेतृत्व चुन्न आगामी चैत्रमा महासंघको अधिवेशन हुँदैछ ।

गोल्छा स्वतः अध्यक्ष बनेपछि सम्भवत अर्को कार्यकालका लागि पनि हालकै व्यवस्था लागु हुनेछ । अर्थात अहिले जो वरिष्ठ उपाध्यक्ष छ उही (संशोधन नभएको अवस्थामा) महासंघको २० औं अध्यक्ष बन्नेछ ।
यसकारण पनि वरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिष्पर्धा हुने देखिएका छ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान ३ जना उपाध्यक्षहरु चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ र किशोर प्रधान साथै प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ समेत आकांक्षी देखिएका छन् ।
उनीहरुमध्ये बलिया प्रतिस्पर्धी उपाध्यक्षद्वय ढकाल र श्रेष्ठ मानिएका छन् । ढकालले एसोसिएटबाट महासंघको राजनीति सुरु गरेका हुन् । आइएमई समूहका अध्यक्ष रहेका ढकालको बैंक तथा वित्तीय क्षेत्रमा ठूलो लगानी रहेको छ ।
उनले पर्यटन क्षेत्रमा पनि राम्रै लगानी गरेका छन् । इन्डोनिशियाका लागि अवैतनिक वाणिज्य दूतसमेत रहेका ढकाल एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वा्चित भएका थिए ।
वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी भनेका उमेशलाल श्रेष्ठ हुन् । ठूलो राजनीतिक घरानाका भएर पनि राजनीतितर्फ ध्यान नदिएर उद्योगमै रमाएका श्रेष्ठले बस्तुगत तर्फबाट महासंघ प्रवेश गरेका थिए । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र चर्चित वामपन्थी नेतृ स्वर्गीय साहना प्रधानका छोरा श्रेष्ठ भने उद्योगको राजनीतिमै रमाएका छन् ।

उनी अहिले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत छन् । ३ कार्यकाल महासंघको सदस्य भएर उनी उपाध्यक्षमा निर्वा्चित भएका थिए । यसअघि उनी ३ कार्यकाल नेपाल औषधि उत्पादक संघको अध्यक्ष रहे । त्यसबेला गरेका राम्रा कामको प्रभाव रहने नै भयो । औषधि उत्पादक संघका साथीहरुकै सल्लाहमा महासंघको सदस्यता लिएको र साथीहरुकै आग्रह मानेर उपाध्यक्षमा चुनाव लडेको उनले बताउँदै आएका छन् ।

अर्का आकांक्षी उपाध्यक्ष किशोर प्रधान जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघको तर्फबाट आएका हुन् । विराटनगरका व्यवसायी प्रधान विजुलीको पोल उत्पादन गर्ने व्यवसायीहरुको संगठनको अध्यक्ष छन् । प्रधानले यसअघि नै गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजय बेहोरेका थिए ।

जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि उनको स्थानमा प्रधानलाई ल्याइएको थियो । वरिष्ठ उपाध्यक्षमा हारेर उपाध्यक्ष हुन राजी भएका प्रधान वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा देखिएका छन् ।

महासंघकै प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा देखिएका छन् । श्रेष्ठ यसअघि नै वस्तुगतबाट उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । काठमाडौं जिल्लाको अध्यक्ष पनि हुन् ।

कपि तथा स्जेशनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, गोरखापत्रलाई कागज, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेका श्रेष्ठ माल्ट्राका अवैतनिक महावाणिज्य दूत समेत हुन् । वरिष्ठ उपाध्यक्षका लागि बिवादमा परेर कोषाध्यक्षबाट राजीनामा दिएका ज्ञानेन्द्रलाल प्रधानले समेत आकांक्षा राखेको बुझिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।