logo

 मन्त्रीहरुलाई स्वागत गर्दै ओलीले भने ’४ महिनामा सडकका खाल्डाखुल्डी पुरिनुपर्छ’

    1208   पटक पढिएको

६ मंसिर / अर्थ र व्यापार- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई चार महिना भित्र काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन्।

नवनियुक्त मन्त्रीहरुलाई सिंहदरबारमा स्वागत गर्दै ओलीले गएको चौमासिकमा सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै भने, ’ काठमाडौंको बाटोमा खाल्डो छ भनेर गीत सुनियो। सारंगी बज्छ। तर काम भएको छैन। अबको चौमासिक भित्र सबै खाल्डो पुरिनुपर्छ। एउटा मन्त्रालयले बनाउने अर्कोले भत्काउने गर्नु भएन। सबैले समन्वय गरेर काम गर्नुर्पयो।’

केही महिना अगाडी सडकमा धुलो उडेको बताउँदै सरकारको विरोध गर्न मास्क लगाएर हिँडेको उनले बताएका थिए। आज भने ओलीले सडकमा धुलो उडेको स्वीकार्दै भने, ’निर्माण कार्य हुने स्थानमा धुलो छ । तर, निर्माण कार्य नभएको स्थानमा कसरी धुलो उडिरहेको छ ? गएको चार महिनामा हामीले ५० प्रतिशत काम पनि गर्न सकेनौं। अब चार महिनामा त्यो भन्दा धेरै काम गर्नुपर्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।