logo

वणिज्य बैंकहरुद्वारा चिपमा आधारित डेबिट तथा क्रेडिट कार्ड

    977   पटक पढिएको

२९ कात्तिक / अर्थ र व्यापार - देशभित्र  सञ्चालित  सबै वाणिज्य  बैंकहरुले  चिपमा  आधारित  डेबिट  तथा क्रेडिट कार्ड प्रयोगमा ल्याएका छन् ।

एटिएम हृयाक गरी चिनियाँ हृयाकरले ठूलो रकम नेपाली बैंकहरुबाट निकालेपछि राष्ट्र बैंकले ३ महिनाभित्र ‘चिप बेस’मा आधारित कार्ड अनिवार्य गरेको थियो । केन्द्रीय बैंकले दिएको समयावधीभित्रै बैंकहरुले चिपमा आधारित कार्ड प्रयोगमा ल्याएका हुन् ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सबै बैंकहरुले निर्देशन पालना गरेको जानकारी दिए । ‘तीन महिनाको समय दिइएकोमा त्योभन्दा अगावै बैंकहरुले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गरेका छन्,’ निरौलाले भने ।

यसअघि अधिकांश बैंकहरुले ‘म्याग्नेटिक स्ट्रिप’ प्रविधिमा आधारित कार्ड प्रयोग गर्दै आएका थिए । चिनियाँ हृयाकरले यही प्रविधिमा आधारित कार्ड प्रयोग गरेर पैसा निकालेको पाइएको छ ।


चिप प्रयोगकर्ताको तथ्यांक सुरक्षाका लागि एटीएममा राखिने एउटा उपकरण हो। यसमा कार्डवालाको हस्ताक्षरलगायत अन्य धेरै विवरण समावेश हुन्छन्। यस्तो कार्डमार्फत रकम निकाल्दा मेसिनले ग्राहकको धेरै विवरण प्रमाणिकरण गर्ने भएकाले सामान्य कार्डभन्दा बढी सुरक्षित मानिन्छ। चिपमा भएको ग्राहकको विवरण नक्कल (कपी) गर्न सकिदैन ।

चिप नभएको अर्थात् म्याग्नेटिक कार्डमा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ । यसकारण चिप भएको एटीएम कार्ड बढी सुरक्षित मानिन्छ । हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले चिपमा आधारित कार्ड बनाइसकेका छन् ।

तर, कार्डमा प्रयोग गरिएका चिप पढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति नगर्दा कार्डमा रहेका ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ । यही कमजोरीको फाइदा उठाउँदै हृयाकरहरुले एटीएमबाट पैसा चोरिरहेको सरकारी निस्कर्ष छ ।

अन्तर्रा्ष्ट्रिय मान्यताअनुसार म्याग्नेटिक स्ट्रिपभन्दा चिपमा आधारित कार्ड सुरक्षित मानिन्छ । नयाँ कार्ड वितरण गर्दा चिपमा आधारित नै वितरण हुने गरेको भए पनि पुराना कार्डहरु भने विस्थापित भएका छैनन् । तर पुराना कार्डहरु पनि चाँडै विस्थापन हुने राष्ट्र बैंकको दावी छ ।

‘सुरक्षाका कारण नै चिपमा आधारित कार्ड अनिवार्य गरिएको हो, सबै बैंकले नयाँ कार्ड चिप नै बनाएका छन्,’ प्रवक्ता निरौला भन्छन्, ‘पुरानालाई विस्थापित गर्न केही समय पक्कै लाग्छ ।’

केही बैंकले म्याग्नेटिक स्ट्रिप कार्ड नै नचल्ने बनाइसकेका छन् । एभरेष्ट बैंकले गत असोज २६ गतेदेखि म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु बन्द गरिसकेको छ । सुरक्षाका हिसाबले कमजोर हुने भन्दै बैंकले म्याग्नेटिक स्ट्रिप कार्डको सट्टा चिप कार्ड लिन आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।
    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।