logo

दरबार हाइस्कुल पुनर्निर्माण मंसिरभित्र सकिने

    1092   पटक पढिएको

 ६ मंसिर / अर्थ र व्यापार - नेपालको सबैभन्दा पुरानो विद्यालय दरबार हाइस्कूल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । २०७२ सालमा गएको भूकम्पका कारण क्षतिग्रस्त दरबार हाइस्कूल तोकिएको समय भन्दा अगावै निर्माण सकिने पक्का छ ।

क्षतिग्रस्त भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०७५ साउनबाट निर्माण शुरु भएको थियो ।२० महिनामा सक्ने लक्ष्य राखेर शुरु भएको पुनर्निर्माण २६ महिनामा नै सकिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरेले निर्माणको काम लगभग सकिएको बताए ।

अहिले हाइस्कुलको रंगरोगन भइरहेको उनले जानकारी दिए । पुननिर्माणको रेखदेख गरिरहेको शिक्षा मन्त्रालयले मंसिरभरिमा सबै काम सकिने बताएको छ । मूख्य भवनको पुनर्निर्माण जेठमै सकिएको थियो । भवनको छेउमा रहेका संरचना, भवनका झ्याल ढोकालगायतका केही कामहरु भने बाँकी थिए । अहिले ती कामहरु सकिएको मन्त्रालयले बताएको छ ।

पुनर्निर्माण सम्पन्न भवनमा ४ तला र ४६ कोठा छन् । २०१० सालमा स्थापना भएको दरबार हाईस्कूल नेपालको पहिलो आधुनिक विद्यालय हो । दरबार हाईस्कूलको पुननिर्माण सम्पन्न हुने भएपछि काठमाडौं महानगरपालिकालाई पनि राहत मिल्नेछ । दरबार हाईस्कूल पुनर्निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनीले निर्माण सामग्री खुलामञ्चमा राखेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।