सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।
बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।
हिमालयन बैंकले एफपीओ जारी गर्ने भएको छ ।
ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा घरकर्जा दिने भएको छ ।
नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य निर्वाचित भएका छन् ।
नबिल बैंक र उपाय बिजनेस सोलुसन्सबीच उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ।
गरिमा विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ ।
ग्लोबल आईएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणाली सुरू गरिएको छ ।
ललितपुर इमाडोलमा सिटिजन्स बैंकको १९०औं शाखा सञ्चालनमा आएको छ।
प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।
एक्सेस टु अल मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नवीनतम डिजिटल बंैकिङ सेवाप्रवाह गर्दै आइरहेको गरिमा विकास बैंकले बिहीबार आफ्नो स्थापनाकालको १६औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ ।
माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा.उपेन्द्र महतोले राजीनामा दिएका छन् ।
ग्लोबल आईएमई बैंकले आगामी २८ मंसिरका लागि सााधारणसभा बोलाएको छ ।
एभरेष्ट बैंकले जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्प पीडितहरुलाई २५ लाख सहयोग गर्ने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग गर्ने भएको छ ।
सानिमा बैंकले गत शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुकालागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा पीडित भएकाहरूलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।
कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तेस्रो अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप प्रतियोगिता २०८० को उपाधी गरिमा विकास बैंकले जितेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।
सिद्धार्थ बैंकले आगामी ५ मंसिरका लागि सााधारणसभा बोलाएको छ ।
सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्स बिच बैंकको ग्राहकहरूको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर लघु, साना र मझौला उद्यमीहरूलाई सहयोग गर्ने सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवद्र्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ ।
एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ ।
सिटिजन्स बैंक इन्टरनेसनलको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।