logo

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ४.५ प्रतिशत घट्यो, यस्तो छ प्रतिसेयर आम्दानी

    531   पटक पढिएको


२० साउन/अर्थ र व्यापार – स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय स्थितिअनुसार कम्पनीको खुद नाफा ४.५ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जा बढ्दा कम्पनीको नाफामा प्रभाव परेको देखिन्छ । बैंकले गत आर्थिक वर्ष ५ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

अघिल्ल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ९५ करोड रुपैयाँ थियो । त्यस्तै कुल कर्जामा निष्क्रिय कर्जा २.१४ प्रतिशत पुगेको छ । पहिले यस्तो कर्जा १.१८ प्रतिशत थियो । लोन लस प्रोभिजनवापत बैंकले २१ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ ।
बैंकको नाफामा सामान्य गिरावट आउँदा प्रतिसेयर आम्दानी केही घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७५ पैसा रहेकोमा अहिले ३५ रुपैयाँ ९ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ छ । आधार दर जम्मा ६. ६ प्रतिशत छ । असार मसान्तसम्म वितरणयोग्य नाफा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ छ । चुक्ता पूँजी ९ अर्ब ४२ करोड रहेको कम्पनीको प्रतिसेयर वितरण गर्न मिल्ने नाफा २६ रुपैयाँ ५० पैसा हुन आउँछ । जगेडा कोषमा ११ अर्ब १३ करोड रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।