१५ साउन/अर्थ र व्यापार – लक्ष्मी सनराइज बैंकका दुई वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन्। लक्ष्मी सनराइज क्यापिटलको सोमबार बसेको बैठकले लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी उन्नति कोषका इकाई धनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट भ्यालु फण्ड–२ योजनाका इकाई धनीलाई ४.५ प्रतिशत नगद लाभांश दिने भएको छ।
यसैगरी, लक्ष्मी उन्नति कोषका इकाई धनी लाई ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय सो कम्पनीले गरेको छ । दुवै म्युचुअल फन्डको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल हो।
तपाईको प्रतिक्रिया